फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"बेल्ट एण्ड रोड" अन्तर्राष्ट्रिय सहकार्य सम्बन्धी उच्चस्तरीय भिडियो सम्मेलन जुन १८ तारिख आयोजना हुने

(GMT+08:00) 2020-06-16 19:21:55

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली चेनले जुन १६ तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा "बेल्ट एण्ड रोड" अन्तर्राष्ट्रिय सहकार्य सम्बन्धी उच्चस्तरीय भिडियो सम्मेलन जुन १८ तारिख आयोजना गरिने जानकारी दिनुभएको छ।

उहाँका अनुसार, "बेल्ट एण्ड रोड" अन्तर्राष्ट्रिय सहकार्यलाई सबल पार्नुका साथै हातमा हात मिलाएर नयाँ कोरोना महामारीको प्रतिरोध गर्ने कुरा सो सम्मेलनको मुख्य नारा रहेको छ।

दोस्रो "बेल्ट एण्ड रोड" अन्तर्राष्ट्रिय सहकार्य सम्बन्धी शिखर मञ्चमा सम्पन्न मतैक्यलाई व्यवहारमा उतार्नुका साथै "बेल्ट एण्ड रोड" का सहकार्य साझेदारीहरू बीच रोग प्रतिरोध सम्बन्धी अन्तर्राष्ट्रिय सहकार्यलाई प्रबर्द्धन गर्ने, उत्पादन र कारोबारको पुन:आरम्भ गर्ने अनुभवको आदान-प्रदान गर्ने र उच्चगुणस्तीय रुपमा "बेल्ट एण्ड रोड" को निर्माणलाई अघि बढाउने भन्ने कुरा यस सम्मेलनको मुख्य उद्देश्य रहेको छ।

प्राप्त जानकारी अनुसार, सो सम्मेलन चीनको राज्य परिषद्का सदस्य एवं परराष्ट्र मन्त्री वाङ यीले अध्यक्षता गर्नुहुनेछ। २५ वटा मुलुकका विदेश मन्त्री अथवा विदेश मन्त्री स्तरीय पदाधिकारी र संयुक्त राष्ट्र संघ तथा विश्व स्वास्थ्य संगठनका जिम्मेवार व्यक्तिहरू सो सम्मेलनमा सहभागी हुनेछन्।

जानकारी तथा लेखहरु