फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मिडियामाथि दवाव दिँदै अमेरिकी सत्ता

(GMT+08:00) 2020-06-17 19:30:51

अमेरिकी संचारमाध्यमका अनुसार अमेरिकी रोग नियन्त्रण केन्द्रले हाल एउटा आन्तरिक प्रतिवेदन सार्वजनिक गरेको छ। सो प्रतिवेदन अनुसार अमेरिकी ह्वाइट हाउसले पहिला चीनलाई सक्रियरूपमा प्रचार गरेको सम्बन्धमा अमेरिकी मिडिया कम्पनी भ्वाइस अफ अमेरिका भिओएलाई दोष लगाएको छ। त्यसकारण सो प्रतिवेदनले अमेरिकी रोग नियन्त्रण केन्द्रलाई भ्वाइस अफ अमेरिकामा अन्तर्वार्ता नदिन माग गरेको छ। यसपछि भिओए कम्पनीका प्रमुख तथा उपप्रमुखले सँगै राजीनामा दिएका थिए। दुवैले आफ्नो कामको प्रतिस्थापन गर्न उच्च कार्यालयसँगको अधिकारी रहेको कुरा व्यक्त गर्नुभएको थियो। सो सम्बन्धमा अमेरिकी सरकारले भिओए कम्पनीबाट चीनबारे सक्रियरूपमा प्रचार गरिएको कुरामाथि बदला लिने कामग गरेको मानिन्छ।

भिओए मिडिया कम्पनी अमेरिकी सरकारको संचारमाध्यम हो। सामान्य परिस्थितिमा सो मिडियाले चीनबारे नकारात्मकरूपमा समाचार प्रसारण गर्दछ। तर किन यस पटक अमेरिकी सरकारले सो मिडियालाई कारवाही गरेको छ? यस मामिला गत अप्रिलको शुरूदेखि उत्पन्न भएको थियो। त्यो बेला भिओए मिडिया कम्पनीले चीनबारेको एउटा समाचार प्रचार गरेको थियो र जस समाचारमा महामारीको रोकथाम गर्नका लागि चीनको वुहान शहरले अपनाएको लक डाउनको कदम सफल भएको बिषय थियो। त्यसपछि अमेरिकी ह्वाइट हाउसले सो समाचारको बिषयबारे आवेग व्यक्त गरेको थियो। यस बाहेक महामारी शुरू यता अमेरिकी सरकारले मिडियामाथि दबाव दिएको यो पहिलो पटक होइन। अमेरिकी राष्ट्रिय प्रसारण कम्पनी अर्थात् एनबीसी मिडिया, अमेरिकी सीएनएन मिडिया कम्पनी, न्यू योर्क दैनिक पत्र र फोक्स समाचार मिडियासमेतलाई चीनको महामारीको रोकथाममा सकारात्मक बिषय प्रसारण गरेपछि अमेरिकी सरकारको सजाय दिएको छ।

यस विषयमार्फत अमेरिकी राजनिकिज्ञहरूले आफ्नो राजनीतिक उद्देश्य पूरा गर्नका लागि तथाकथित "वाकस्वतन्त्रता""प्रजातन्त्र""मानव अधिकार" जस्ता बिषयको प्रयोग गरी विश्वलाई गुमराहमा पारिरहेका छन्।

जानकारी तथा लेखहरु