फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष सीद्वारा ताजिकिस्तानका राष्ट्रपतिसँग टेलिफोनमार्फत वार्ता

(GMT+08:00) 2020-06-17 20:08:21
सिन्ह्वा समाचार समितिका अनुसार चीनका राष्ट्राध्यक्ष सी चिन फिङले जुन १६ तारिख राति टेलिफोनमा ताजिकिस्तानका राष्ट्रपति इममाली रहमानसँग वार्ता गर्नुभएको छ।

सो वार्तामा राष्ट्राध्यक्ष सीले कठिनाई तथा समस्या आएपछि सहयोगी मित्रता स्पष्ट्ररूपमा देखिन्छ भन्ने कुरामा जोड दिनुभयो। चीनले महामारीको रोकथाम गर्ने अति गाह्रो अवधिमा ताजिकिस्तान सरकार तथा समाजका विभिन्न क्षेत्रबाट चीनलाई सकेसम्म सहयोग दिइएको कुरा स्मरण गर्दै ताजिकिस्तानमा महामारी प्रभावित भएपछि चीनले पनि सकेसम्म प्रयास गरी सहयोग उपलब्ध गराएको कुरा बताउनुभयो। ताजिकिस्तानसमेतका अन्तर्राष्ट्रिय समाजसँग मिलेर महामारीको रोकथाम गर्ने अन्तर्राष्ट्रिय सहकार्यलाई शुरू तथा अघि बढाउन चीन इच्छुक रहेको कुरा पनि राष्ट्राध्यक्ष सीले औँल्याउनुभयो।

राष्ट्रपति इममाली रहमानले चीनका राष्ट्राध्यक्ष सीको नेतृत्वमा चीनले सफलताका साथ कोभिड १९ महामारीको रोकथाम गरेको भन्दै चीनको अर्थतन्त्र पुनरूत्थान भएर शक्ति बलियो भएकाले चीन सरकारको व्यवस्थापन गर्ने क्षमता उत्कृष्ट देखिएको कुरामाथि प्रशंसा गर्नुभयो। चीनसँग मिलेर दुवै देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई निरन्तररूपमा गहन बनाउने र आपसी विश्वासलाई बलियो बनाउने साथै संयुक्तरूपमा "बेल्ड एण्ड रोड"प्रस्तावलाई निर्माण गर्न ताजिकिस्तान इच्छुक रहेको कुरा पनि उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु