फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-अफ्रिका महामारी संयुक्त रोकथाम भिडियो शिखर सम्मेलन शुरू

(GMT+08:00) 2020-06-17 21:08:00
जुन १७ तारिखको राति चीन-अफ्रिका महामारीको संयुक्त रोकथाम भिडियो शिखर सम्मेलन शुरू भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले पैचिङकमा सो भिडियो सम्मेलनको अध्यक्षता गर्दै मुख्य सम्बोधन गर्नु भएको छ।

सो भिडियो शिखर सम्मेलन चीन, दक्षिण अफ्रिका र सेनेगलले संयुक्तरूपमा आयोजना गरेका हुन्। अफ्रिकी संघको शिखर सम्मेलनको सदस्य मुलुक, अफ्रिकाको महत्वपूर्ण उपक्षेत्रको मुख्य मुलुक लगायतका अरू अफ्रिकी मुलुकका नेताहरू तथा अफ्रिकी संघ समितिका अध्यक्ष सो सम्मेलनमा सहभागी भएका छन्। यस बाहेक संयुक्त राष्ट्र संघका महासचिव एवं विश्व स्वास्थ्य संगठनका महानिर्देशक विशेष अतिथिको रूपमा सो सम्मेलनमा सहभागी हुनु भएको छ।

जानकारी तथा लेखहरु