कोभिड १९ को महामारीको अत्यन्त नाजुक अवस्थामा आयोजित चीन अफ्रिका भिडियो शिखर सम्मेलनमा सहभागी सबै उच्च पाहुनाहरुलाई राष्ट्राध्यक्ष सीले धन्यवाद दिनु भएको छ। जुन १७ तारिख राति सुरु भएको कोभिड १९ विरुद्ध चीन अफ्रिका भिडियो शिखर सम्मेलनलाई मुख्य सम्बोधन गर्दै राष्ट्राध्यक्ष सीले भन्नुभयो 'हातमा हात मिलएर चीन र अफ्रिकाले कोभिड १९ विरुद्धको युद्धमा सहकार्य गरेका छन्।'
कोभिड १९ महामारीले विश्वमै गम्भीर समस्या निम्त्याएको र यसले हजारौँ जीवनलाई नष्ट बनाएको भन्दै राष्ट्राध्यक्ष सीले कोभिड १९ बाट जीवन गुमाउनेहरुको सम्झनामा मौनधारण गर्दै मृतकका आफन्तहरुमा गहिरो समवेदना व्यक्त गर्नुभयो।
कोभिड १९ विरुद्धको युद्धको थुप्रै चुनौतिमा चीन र अफ्रिका एक ठाउँमा उभिएको भन्दै चीनमा कोभिड १९ लाई नियन्त्रणमा लिनका लागि चिनियाँ जनताले ठूलो बलिदान दिएको राष्ट्राध्यक्ष सीले बताउनुभयो। अझै पनि पुन दोहोरिने संक्रमणमा सचेत रहेको भन्दै अफ्रिकी सरकार र जनताले पनि महामारी नियन्त्रणका लागि सहयोग गरेको उहाँले औँल्याउनुभयो।
कोरोना भाइरस विरुद्धको युद्धमा अफ्रिकाले देखाएको सदासयता र ऐक्यवद्धताको प्रशंसा गर्दै सबैले काँधमा काँध मिलाएर यसका विरुद्ध काम गर्दै सफलताको उचाइ लिन कुरामा राष्ट्राध्यक्ष सीले जोड दिनुभयो।
आफ्नो सम्बोधनका क्रममा राष्ट्राध्यक्ष सीले चारवटा बुँदामा आफ्नो बिचारलाई व्यक्त गर्नुभयो। कोभिड १९ विरुद्धको सहकार्यमा एक ठाउँमा उभिने, चीन अफ्रिका सहयोगमा एक ठाउँमा उभिने, बहुपक्षवादको समर्थमा एक ठाउँमा उभिने र चीन अफ्रिका मित्रतालाई अझै अगाडि बढाउने कुरामा उहाँले जोड दिनुभ एको हो।