फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोभिड १९ विरूद्ध चीन अफ्रिका भिडियो शिखर सम्मेलनमा सी चिनफिङद्बारा चीनको अडान प्रस्तुत

(GMT+08:00) 2020-06-18 17:51:01

जुन १७ तारिख राति आठ बजेतिर चीनका राष्ट्राध्यक्ष सी चिनफिङले एउटा विशेष शिखर सम्मेलनको अध्यक्षता गर्नुभएको छ। महामारीको प्रतिरोध गरेयता उहाँ अन्तर्राष्ट्रिय बहुपक्षीय सम्मेलनमा सहभागी हुनुभएको यो तेस्रो पटक हो। दोस्रो विश्व युद्धपछि सबभन्दा गम्भीर विश्वव्यापी सार्वजनिक स्वास्थ्य आकस्मिक घटनाको सामना गर्दा चीन र विदेशका नेताहरूले भिडियोमा भेला भई महामारी निवारण र प्रतिरोध योजनाबारे विचार विमर्श गर्नुका साथै चीन र अफ्रिका बीचको भाइचाराको पनि पुन:सिंहावलोकन गर्नुभएको छ।

कोभिड १९ विरूद्ध चीन अफ्रिका भिडियो शिखर सम्मेलन चीन र अफ्रिकी संघको वर्तमान अध्यक्ष मुलुक दक्षिण अफ्रिका र चीन-अफ्रिका सहकार्य मञ्चको संयुक्त अध्यक्ष मुलुक सेनेगलको साझा प्रस्ताव बमोजिम आयोजना गरिएको हो।

उक्त शिखर सम्मेलनमा राष्ट्राध्यक्ष सीले "एकताबद्ध भएर महामारीको प्रतिरोध गर्ने र सँगै मिलेर कठिन अवस्थाबाट उत्तीर्ण गर्ने" शीर्षकको महत्वपूर्ण सम्बोधन गर्नुभएको छ। अन्तर्राष्ट्रिय परिस्थिति जसरी परिवर्तित भए तापनि चीन-अफ्रिका एकबद्ध सहकार्यलाई सबल पार्ने चीनको अठोट पनि डटिरहने कुरा उहाँले पुन:र्पुष्टी गर्नुभएको छ।

आफ्नो सम्बोधनमा राष्ट्राध्यक्ष सीले चीनले निरन्तर रुपमा सक्दो प्रयासमार्फत महामारी प्रतिरोध सम्बन्धी अफ्रिकी कारवाहीलाई समर्थन गर्नुका साथै अफ्रिकी मुलुकतर्फ लगातार रुपमा माल सामानको सहायता र चिकित्सा विशेषज्ञ टोली पठाउँदै जाने कुरा पनि बताउनुभएको छ।

संयुक्त राष्ट्र संघका महासचिव आन्टोनिओ गुटेरेस र विश्व स्वास्थ्य संगठनका महाप्रबन्धक टेड्रोस अधानोम घेब्रेयेसुस विशेष आमन्त्रित अतिथिको हैसियतले सो सम्मेलनमा पनि सहभागी हुनुभएको छ।

जानकारी तथा लेखहरु