फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

महामारी प्रतिरोधात्मक अन्तर्राष्ट्रिय समाजको सहकार्यमा चिनियाँ अडान

(GMT+08:00) 2020-06-18 19:13:25

 चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जुन १७ तारिख राति पैचिङमा कोभिड १९ विरूद्ध चीन अफ्रिका भिडियो शिखर सम्मेलनको अध्यक्षता गर्दै महत्वपूर्ण सम्बोधन गर्नुभएको छ। आफ्नो सम्बोधनमा उहाँले दृढताका साथ हातमा हात मिलाएर महामारीको प्रतिरोध गर्ने, दृढताका साथ चीन अफ्रिका सहकार्यलाई अघि बढाउने, दृढताका साथ बहुपक्षीयतावादलाई व्यवहारमा उतार्ने, दृढताका साथ चीन अफ्रिका मैत्रीपूर्ण सम्बन्धलाई प्रबर्द्धन गर्ने र सँगै मिलेर चीन अफ्रिका स्वास्थ्य एकरुपता र अझ घनिष्ट चीन अफ्रिका भाग्य एकरुपताको निर्माण गर्ने कुरामा जोड दिनुभएको छ।

राष्ट्राध्यक्ष सीले प्रस्तुत गर्नुभएको उक्त चीनको प्रस्तावबाट चीन र अफ्रिकाले एकताबद्ध भएर महामारीको प्रतिरोध गर्ने सशक्त संकेत दिइनुका साथै रोग अवस्थामा भइरहेको चीन र अफ्रिका बीचको वास्तविक सहकार्यलाई सही दिशा पनि देखाइएको छ। साथै ती प्रस्तावले महामारी प्रतिरोधात्मक अन्तर्राष्ट्रिय समाजको सहकार्यका लागि सकारात्मक शक्ति पनि थपिदिएको छ।

हाल विश्वमा महामारी प्रतिरोध कार्य निकै महत्वपूर्ण चरणमा रहिरहेकाले अधिकांश मुलुकले उत्पादन र कारोबारको पुन:आरम्भ गर्न थालेको सिलसिलामा महामारी पुन:उत्पन्न हुने खतरा पनि मौजुद छ। तर यसका साथै केही पश्चिमा राजनीतिज्ञले महामारीलाई राजनीतिकरण बनाएर महामारी प्रतिरोधात्मक विश्व सहकार्यको कूल अवस्थालाई ध्वस्त पार्न खोजेका छन्। यस्तो अवस्थामा चीन र दक्षिण अफ्रिका र सेनेगलले संयुक्त रुपमा यस पटकको विशेष शिखर सम्मेलनको आयोजना गरेकाले हामारी प्रतिरोधात्मक अन्तर्राष्ट्रिय समाजको सहकार्यका लागि सुदृढ विश्वास र अठोट पनि थपिदिएको देखिन्छ।

जानकारी तथा लेखहरु