फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाद्वारा चीनमाथि कोभिड १९ विरुद्धको खोप विकास रोक्न खोजेको आरोप

(GMT+08:00) 2020-06-21 16:33:25
जुन ७ तारिख अमेरिकी रिपल्बिकन पार्टीका सिनेटर रिक स्कोटले बेलायती मिडिया बीबीसीसँगको अन्तर्वार्तामा पश्चिमी मुलुकहरूले गर्ने खोप विकास कार्यलाई चीनले रोक्ने र त्यसको विरूद्ध काम गर्ने बताउनुभएको थियो।

के यो कुरा सत्य हो?चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता र बीबीसीका पत्रकार स्कोट सो आरोपको प्रमाण के छ भनेर प्रश्न सोध्न चाहन्छन्।

यस्तो प्रश्नको उत्तर दिँदै स्कोटले उक्त बिषय खुफिया एजेन्सीबाट पाएको कारण कुनै प्रमाण देखाउन नसक्ने जवाफ दिनुभएको थियो।

यस कुराले सबैलाई गत महिनाको परिस्थितिलाई सम्झाएको छ। अमेरिकी विदेश मन्त्री माइकल पम्पेओले कोभिड १९ भाइरस चीनको प्रयोगशालाबाट आएको आफूसँग प्रमाण रहेको बताउनु भएको थियो तर उहाँले कुनै प्रमाण देखाउन सक्नु भएन।

केही दिन अगाडि चीनका राष्ट्राध्यक्ष सी चिन फिङले विश्व स्वास्थ्य संगठनको ७३ औँ भिडियो सम्मेलनमा चीनले कोभिड १९ भाइरसको खोप विकास गरी क्लिनिकल परीक्षणमार्फत प्रयोग गर्नसक्ने जानकारी गराउँदै खोपलाई सार्वजनिकरूपा विश्वव्यापी उपलब्ध गराउने प्रतिबद्ध दिनुभएको थियो।

जुन ७ तारिख चीनको प्राविधिक मन्त्रालयले सो प्रतिबद्धतालाई वास्तविकरूपमा पुग्ने सम्मेलनमा फेरि एक पटक स्पष्ट गरेको थियो।

विश्व स्वास्थ्य संगठनका अनुसार हाल विश्वका विभिन्न १८० भन्दा बढी प्रयोगशालाले सो खोपका बारेमा अध्ययन र विकास गर्दैआएका छन्। चीनले सो कार्यको अन्तर्राष्ट्रिय सहकार्यलाई सधैं अघि बढाउदै आएको छ। चालु वर्षको जनवरीदेखि चीनले सर्वप्रथम भाइसको जीनको अनुक्रमका बारेमा विश्वलाई जानकारी गराएको थियो। अन्त्यममा रिक स्कोटलाई सबैले सोध्न आवश्यक छ चीनको मानहानी गर्ने कार्यले अरुको मन जित्न सकिन्न।

जानकारी तथा लेखहरु