फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एकै दिन १३ उडान–अवतरण

(GMT+08:00) 2020-06-21 16:36:52

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार १३ उडान भएका छन्। आन्तरिकतर्फ तीन र वाह्य १० उडान अवतरण भएको विमानस्थल कार्यालयले जनाएको कारोबार अनलाइनले लेखेको छ। विमानस्थल कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार शनिवार आन्तरिकतर्फ सिम्रिक एयरको हेलिकप्टरले तीन बिरामी यात्रु लिएर काठमाडौंबाट भैरहवा प्रस्थान गरेको थियो। यस्तै, सीता एयरले १४ यात्रु सिमकोट, मनाङ एयरले २ यात्रु लिएर प्रस्थान गरेको जनाएको छ।

वाह्य उडानमा भने, ६ आगमन र ४ प्रस्थान उडान भएका छन्। आगमनतर्फ कोरियन एयरलान्सले दक्षिण कोरियाबाट २ सय २८ यात्रु, जजिरा एयरले कुवेतबाट १ सय ५०, हिमालय एयरलाइन्सले ढाकाबाट १ सय ५५ यात्रु लिएर आएका थिए। यस्तै, नेपाल वायुसेवा निगमले जापानको नारिताबाट २ सय ३६ (ती बच्चा सहित), कतार एयरलान्सले दोहाबाट ११ हजार कार्गो लिएर आएको, एयर अरेवियाले सारजहाँबाट १ सय ६८ (१ बच्चासहित) आगमन भएको छ। विमानस्थल कार्यालयले दिएको जानकारी अनुसार प्रस्थान हुनेमा कोरियनले २ सय ३३, हिमालयनले ढाकामा ६ यात्रु लिएर उडान भरेको थियो भने निगमको विमानले मलेसियाबाट २ सय ४५ यात्रु र ११ शव लिएर आएको थियो। कतार एयरलाइन्स दोहाका लागि २ सय ९९ यात्रु लिएर उडेको विमानस्थल कार्यलयले जनाएको छ। उद्दारतर्फ भने हिमालयन एयरलान्सको विमान दोहा र निगमको विमान दुबई प्रस्थान गरेको छ। ती विमानले कोभिड–१९ का कारण रोजगार गुमाएका र अन्य कारणले नेपाल आउन नपाएका नेपालीको उद्दार गरेर ल्याउने छन्। सरकारले जेठ २९ बाट विदेशमा रहेका नेपालीहरुको उद्दार उडान गर्दै आएको छ।

सरकारले पहिले हिमालयन एयरलाइन्स र निगमको विमानले मात्र उद्दार उडान गर्ने भनेको भए पनि हवाई भाडा महँगो भएको भन्दै सर्वत्र विरोध भएपछि विदेशी विमान कम्पनीहरुलाई पनि सरकरले सम्बन्धित देशमा रहेको दूतावासको सहजीकरणमा उद्दार उडान गर्दै आएका छन्।

जानकारी तथा लेखहरु