फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अस्ट्रेलियाली राजनीतिज्ञद्वारा चीन विरोधी भ्रम सिर्जना

(GMT+08:00) 2020-07-04 19:15:45

हाल अस्ट्रेलियाका केही राजनीतिज्ञहरू चीन विरोधी "भ्रमात्मक डिसअर्डर"मा लागेका छन्। अस्ट्रेलियाले यसप्रति चिन्ता लिएको छ। अन्तर्राष्ट्रिय समाजलाई पनि अनौठो लागेको छ।

हालै अस्ट्रेलियाको जासुस संस्थाका दश जनाभन्दा बढी व्यक्तिले अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यका सांसद शाओक्वेट मोसेलमेनको घरमा प्रवेश गरेका छन। जासुस संस्थाका व्यक्तिहरूले शाओक्वेटले "चीनसँगको सम्बन्धलाई कायम राख्ने" तथाकथित प्रमाण खोज्ने कुरा बताएका छन्। अस्ट्रेलियाली सञ्चार-माध्यमले जनाएअनुसार, यो कुराको कारण मोसेलमेनले धेरै पटक चीनको भ्रमण गर्नुभएको र चीनप्रति मैत्रीपूर्ण धारणा लिउनुभएको हो। चालु वर्षको मार्च महिना उहाँले वास्तविकताबमोजिम चीनले कोरोना भाइरस महामारीको प्रतिरोध गर्नका लागि गरेको प्रयास स्वीकार गरेको एक लेख लेख्नुभएको थियो।

उहाँको घटना अस्ट्रेलियाली चीन विरोधी शक्तिले चीनमाथि लक्षित गरेका कर्तुतहरूमध्येको एक हो। अस्ट्रेलियाली राजनीतिज्ञका कर्तुतहरूबाट शान्तिपूर्ण अस्ट्रेलियाले "मानव निर्मित भूकम्प"को स्वागत गरेको छ।

केही विश्लेषकका अनुसार, अमेरिकाले चीनलाई रोक्ने नीतिका लागि कारवाही गर्ने पक्षको रुपमा अस्ट्रेलियाली राजनीतिज्ञहरूको कर्तुत अमेरिकाको छाया छोड्न सक्दैन। हालैका वर्षहरूयता चीनको शक्ति माथि उकासिएको छ। शित युद्ध विचार बोकेका अमेरिकी राजनीतिज्ञहरूलाई यसले चिन्ता उत्पन्न भएको छ। अस्ट्रेलियाका केही राजनीतिज्ञहरूले अमेरिकी हातमा डोर्‍याउने कुकुरको भूमिका खेलेका छन्।

अस्ट्रेलियाका केही राजनीतिज्ञहरूले वाशिङटनलाई खुशी पार्ने विचार त्याग्ने र चीनसितको नीति सच्याउने मात्र अस्ट्रेलियालीहरूको हितको संरक्षण गर्न सक्नेछन्।

जानकारी तथा लेखहरु