फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टीको पहिलो राष्ट्रिय अधिवेशन गरिएको ऐतिहासिक थलो

(GMT+08:00) 2020-07-04 21:25:34

चिनियाँ कम्युनिष्ट पार्टी ९९ वर्षमा प्रवेश गरेको छ। सन् १९२१ जुलाई १ मा चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना भएको थियो। सन् १९२१ देखि सन् १९४९ सम्म चिनियाँ कम्युनिष्ट पार्टीले चिनियाँ जनताको नेतृत्व गरी साम्राज्यवाद, सामन्तवाद र नोकरशाही पूँजीवादको शासनलाई उल्टाएर जन गणतन्त्र चीनको स्थापना गरेको हो। नयाँ चीनको स्थापनापछि चिनियाँ कम्युनिष्ट पार्टीले देश, समाज र जनताको उत्तरोत्तर उन्नति तथा प्रगति गर्दैआएको छ। आर्थिक विकास तथा गरिबी निवारण कार्यले विश्व मानव इतिहासमा चामत्कारिक अद्रभुत सफलता प्राप्त गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चीन दुईवटा शताब्दी लक्ष्यलाई पहिल्याउँदै छ। यसै वर्ष समग्र रूपमा गरिबीमुक्त हुँदै चीन औसत समृद्ध मुलुकको लक्ष्य साकार गर्दैछ भने सुन्दर आधुनिक समृद्ध शक्तिशाली समाजवादी चीन बन्ने लक्ष्यमा अग्रसर छ।

चिनियाँ कम्युनिष्ट पार्टीको पहिलो राष्ट्रिय अधिवेशन चीनको साङहाई शहरमा सन् १९२१ जुलाई २३ देखि ३० तारिखसम्म आयोजना गरिएको थियो। हाल सो आयोजना स्थललाई सङ्ग्रहालयको रूप दिइएको छ। यो भिडियोमा तपार्इँ उक्त सङ्ग्रहालयको केही झलक अवलोकन गर्नसक्नु हुनेछ।

जानकारी तथा लेखहरु