फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बाढीको प्रतिरोध तथा उद्धारका लागि राष्ट्राध्यक्ष सीको महत्वपूर्ण निर्देशन

(GMT+08:00) 2020-07-13 17:25:54

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव,राष्ट्राध्यक्ष,केन्द्रीय समितिको सैन्य आयोगका अध्यक्ष सी चिनफिङले बाढी प्रकोपको प्रतिरोध तथा उद्धार कार्यका लागि महत्वपूर्ण निर्देशन दिनु भएको छ। उहाँका अनुसार हाल याङ्से नदी,ह्वाइ नदी,तुङ्ग टिङ ताल,प्वो याङ ताल,थाइ ताल आदि क्षेत्रमा पानीको तह चेतावनी स्तरभन्दा माथि पुगेको देखिन्छ। च्याङ्ग सी,आन ह्वी,हु पै,च्याङ सु,च च्याङ्ग आदि धेरै स्थलमा गम्भीर बाढी देखिन्छ जसबाट जनताको हताहत र आर्थिक क्षति भएको छ। चिनियाँ कम्युनिष्ट पार्टीका विभिन्न समिति र सरकारी विभागले आ-आफ्ना जिम्मेवार वहन गर्दै अझ शक्तिशाली तथा प्रभावकारी कदम चालेर सम्बन्धित प्रतिरोधी तथा उद्धार कार्य गर्नुपर्छ। राष्ट्रिय प्रकोप प्रतिरोध मुख्यालय,आपतकालीन व्यवस्थापन विभाग,जल स्रोत मन्त्रालय आदि आयोगहरुले आपसी समन्वयलाई मजबुत बनाउँदै बैज्ञानिक रुपमा उद्धार शक्ति र सामग्रीलाई बन्दोबस्त गर्नुपर्छ। विभिन्न स्थलमा तैनाथ मुक्ति सेना र प्रहरीले सक्रिय रुपमा उद्धार काममा भाग लिनुपर्छ।

उद्धार सम्बद्ध विभिन्न काम राम्री गर्दै प्रकोप भएपछिको पुनःनिर्माण कामका लागि सावधानीपूर्वक योजना बनाउनुपर्छ।

जानकारी तथा लेखहरु