फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नयाँ कोरोना भाइरसको खोप पैसावालालाई नभई अतिआवश्यक व्यक्तिलाई दिनुपर्ने बिल गेट्सको भनाइ

(GMT+08:00) 2020-07-13 17:27:19

माइक्रो सफ्टका स्थापक एवं परोपकारी बिल गेट्सले नयाँ कोरोना भाइरसको औषधि तथा भविष्यमा उत्पादन हुने खोप अति आवश्यक मानिसलाई दिनुपर्ने तर बढी मूल्य तिर्ने व्यक्तिलाई दिने होइन भन्ने कुरामा आह्वान गर्नुभएको छ।

जुलाइ ११ तारिख अन्तर्राष्ट्रिय एड्स संघबाट आयोजित नयाँ कोरोना भाइरसको अनलाइन वार्तामा बिल गेट्सले उक्त कुरा बताउनुभएको हो। यदि औषधि र खोप सर्वोच्च धेरै मूल्य तिर्ने व्यक्तिलाई दिने हो र अति आवश्यक व्यक्तिलाई नदिने हो भने महामारी अवधि लम्बिने र अझ अन्याय तथा घातक हुने उहाँले औँल्याउनुभयो।

औषधि र खोप वितरणको निर्णय गर्ने नेता चाहिन्छ तर उक्त निर्णय निष्पक्ष नीतिमा आधारित हुनुपर्छ भन्दै बजारबाट निर्धारित हुनु नहुने कुरामा जोड दिनुभयो।

बिल गेट्सका अनुसार, मिलेर रोग प्रतिरोग गर्ने मानवजातिको उदाहरण थियो भने २० वर्षअघि विभिन्न मुलुकले मिलेर एड्स संकटको प्रतिरोध गरेका थिए भने अफ्रिका लगायत विश्वका अधिकांश क्षेत्रमा एड्सको औषधि वितरण गराएका थिए। उक्त मोडलले नयाँ कोरोना भाइरसको औषधि तथा खोपको वितरणलाई सान्दर्भिकता प्रदान गर्नसक्ने उहाँको ठहर छ।

जानकारी तथा लेखहरु