फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

किसान वाङ वान छाइको गरिबी निवारणको कथा

(GMT+08:00) 2020-07-13 18:24:20

 

वाङ वान छाइ हनान प्रान्तीय वाङच्वाङ गाउँका किसान हुन्। उनी पहिले कुख्यात रक्स्याहा तथा अल्छी थिए। केही वर्षयता स्थानीय सरकारको सहयोगमा उनी गरिबीबाट मुक्ति भएका छन्।

वाङ वान छाइ सानैदेखि पढाइमा मेहनती थिए तर रोगको कारण माध्यमिक स्कुलबाट पढ्न छोडेका थिए। जमिन सम्झौता प्रणालीका आधारमा वाङ वान छाइको जीवन पनि राम्रो थियो। तर बिहेपछि परिवारसामु दुर्भाग्य देखा पर्‍यो। उनको छोरालाई मस्तिष्क पक्षाघात भएर बीस वर्षको हुँदा पनि बोल्न नस्कने र शरीर चलाउन सक्ने अवस्थामा छन्। दम्पत्तिको सबै आमदानी छोराको उपचारमा सकियो। भविष्यको आशा पनि सबै गुम्यो र उनी रक्सी खान थाले। यस्तो जीवन दश वर्षसम्म चलिरह्यो।

सन् २०१६ को वसन्त चाडपछि स्थानीय सरकारी अधिकारीको सहयोगमा वाङ वान छाइले फेरि काम गर्न थाले। उनले ५ हजार युआनको सरकारी सहयोग रकम लिएर तर्बुजा रोप्न थाले। सोही वर्ष तर्बुजा भित्र्याएपछि उनले १८ हजार युआनमा बेचेका थियो। पैसा कमाएका वाङ वान छाइले खुशी भएर डबल तर्बुजा लगायत अरू गुलियो आलु, बदाम पनि रोपेका थिए अनि कमाएको पैसा वर्षेनी बढ्दै गएको छ।

हाल वाङ वान छाइले गरिबीबाट मुक्त भएका छन् भने उनको छोराले पनि सरकारी चिकित्सा उद्धार पाएका छन्। वाङ वान छाइले आफ्नो घरमा तौफु बनाउने थालेका छन्।

जानकारी तथा लेखहरु