फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र अरबबीचको सहयोगले विश्वमा स्थिरता सिर्जना गर्ने

(GMT+08:00) 2020-07-13 18:54:49

वर्तमान परिस्थितिमा चीन र अरबले प्राथमिकतामा आपसी सहयोगलाई राखेका छन्। चीन र अरबी मुलुक सहयोग मञ्चको नवौं मन्त्रीस्तरीय सम्मेलनका लागि सन्देश पठाउँदै चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले चीन र अरबी मुलुकद्वारा संयुक्त रुपमा कोभिड-१९को सामना गरिएकोमा निर्णय प्रस्ताव प्रस्तुत गर्नुभएको छ। सो सम्मेलनबाट पारित धेरै उपलब्धि दस्तावेजहरुले विश्वको महामारीको रोकथामको सामना,पुनःकाम तथा उत्पादनलाई तीब्र बनाउनु,चीन र अरब भाग्यको समुदायको निर्माणको प्रवर्द्धनमा विश्वास र शक्ति थपेका छन्।

चीन र अरबी मुलुकका राजनीतिज्ञ र विद्बानहरुले हाल "कोभिड-१९ अवस्थामा चीन र मध्य पूर्वबीचको सहयोग:परम्परागत मित्रता र साझा भविष्य" शीर्षक अनलाइन मञ्चको आयोजना गरेका छन्। उनीहरुले यस मञ्चमा महामारीको रोकथाम सम्बन्धी अनुभव आदानप्रदान गर्नुका साथै महामारीपछिको युगमा आपसी सहयोग योजना सिर्जना गरेका छन्।

चीन र अरबले महामारीको रोकथाम अवधिमा गरेको सहयोग एक सहयोगात्मक नमूनाको रुपमा लिएका छन्। कोभिड-१९ फैलिँदै गएको अवधिमा चिनियाँ राष्ट्राध्यक्ष सीले साउदी राजा सालमान बिन अब्दुलाजिज अल साउद लगायत चार अरबी मुलुकका नेताहरुसँग टेलिफोन सम्पर्क गर्दै महामारीको रोकथाममा सम्बद्ध सहयोग योजना तर्जुमा गर्नुभएको छ। चीनको महामारी अवस्था सबैभन्दा गम्भीर भएको अवधिमा अरबी मुलुकहरुले सबैभन्दा पहिले चीनलाई सामग्री दान गरेको छन्। साथै चीनले महामारी अरबी मुलुकमा फैलिँदै गएको अवधिमा सकेसम्म सहायता प्रदान गरेको देखिन्छ।

चीन र अरबी मुलुकका सामु महामारीको प्रतिरोध तथा नियन्त्रण र पुनःकाम तथा उत्पादन गरी दुई महत्वपूर्ण कार्यभार देखापरेका छन्। यस्तो अवस्थामा आपसी सहयोगको नयाँ अवसर सिर्जना गर्दै चीन र अरब भाग्य समुदायको निर्माणलाई प्रवर्द्धन गर्नु नै एक वास्तविक समस्या बनेको छ। भविष्यमा यी दुबै पक्षले महामारी अवधिमा धुमधामसँग विकसित भएको ई-वाणिज्य,अनलाइन सिकाई,अनलाइन चिकित्सा आदि नयाँ व्यवसायमा आपसी सहयोगा खोज्नेमा अर्थतन्त्रको नयाँ प्रवर्द्धन शक्ति सिर्जना गर्न सक्नेछन्।

 

एकताबद्ध भएर सहयोग नै महामारीलाई पराजित गर्ने सबैभन्दा शक्तिशाली हतियार हो। तापनि केही मुलुकका राजनतीतिज्ञहरुले महामारीलाई राजनीतीकरण गर्दै एकपक्षीयवाद सिर्जना गरेका छन् जसले विश्वको महामारी रोकथाम सम्बद्ध सहयोगलाई गम्भीर रुपमा ध्वस्त बनाएको छ। यसप्रति चीन र अरबले संयुक्त राष्ट्र संघ केन्द्रित बहुपक्षीय प्रणाली र अन्तर्राष्ट्रिय कानुनमा आधारित अन्तर्राष्ट्रिय परिपार्टीको संरक्षण गर्ने अडान स्पष्ट गरेका छन्।

  वास्तविक इतिहास र प्रमाणबाट हेर्दा अन्तर्राष्ट्रिय परिस्थिति परिवर्तन हुनेमा चीन र अरब सधैं असल साझेदारी हुन्। हातमा हात मिलाएर महामारीको संयुक्त रोकथाम तथा नियन्त्रण गर्दै चीन र अरबले उच्च गुणस्तरको बेल्ट एण्ड रोड,चीन र अरब भाग्यको समुदायको निर्माण गर्दै जाने छन्। जसले यी दुबै पक्षका जनतालाई लाभ सिर्जना गर्ने मात्र नभई विकासका लागि सकारात्मक शक्ति पुर्‍याउने छ। 

जानकारी तथा लेखहरु