फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा एक अमेरिकी एकाइ तथा चार अमेरिकीमाथि प्रतिबन्ध

(GMT+08:00) 2020-07-13 19:01:06

चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले कांग्रेस कार्यकारी चीन समिति र अमेरिकी विदेश मन्त्रालयको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रका राजदूत साम ब्राउनब्याक, संघीय सांसद मार्को अन्टोनियो रूबियो, टेड क्रुज, संघीय प्रतिनिधि क्रिस स्मिथमाथि प्रतिबन्ध लगाउने निर्णय चीनले गरेको बताउनु भएको छ।

जुलाई १३ तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता ह्वा छुन यिङले उक्त कुरा बताउनुभएको हो। थाहा भएअनुसार, जुलाइ ९ तारिख अमेरिकी विदेश मन्त्रालय र वित्त मन्त्रालयले अमेरिकी कानुनको आधारमा चीनको सिन च्याङको एक सरकारी एकाइ र चार जना अधिकारीमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका थिए। त्यसको प्रतिक्रिया दिँदै चीनले सिन च्याङ मामिलामा खराब गतिबिधि गरेका अमेरिकी एकाइ र व्यक्तिमाथि उही रुपमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

प्रवक्ता ह्वाले अमेरिकाको प्रतिबन्धले चीनको आन्तरिक मामिलामा गम्भीर रूपमा हस्तक्षेप गरी अन्तर्राष्ट्रिय सम्बन्ध आधारभूत सिद्धान्तसँग विपरीत हुनुका साथै चीन-अमेरिका सम्बन्धलाई गम्भीर क्षति पुर्‍याएको भन्दै चीनले त्यसको कडा विरोध र निन्दा गरेको प्रकट गर्नुभयो।

जानकारी तथा लेखहरु