फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिरिया विरुद्ध रासायनिक हतियारको दस्ताबेजलाई पारित गरेकोमा चीनको विरोध

(GMT+08:00) 2020-07-13 19:01:42

रासायनिक हतियार निषेध संगठन अर्थात् ओपीसीडब्लुले जुलाई ९ तारिख सिरियाको रासायनिक हतियार विषयसम्बन्धी एक दस्ताबेज पारित गरेको छ। सन् २०१७ को मार्चमा उत्तरी सिरियामा सिरिया सरकारले रासायनिक हतियार प्रहार गरेकाले ९० दिनभित्र सम्बन्धित समस्याको समाधान गर्न दस्ताबेजले सिरिया सरकारलाई आग्रह गरेको छ।

चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले उक्त दस्ताबेजमाथि विरोधमा मतदान गरेको छ भने दस्ताबेजका विषय तथा केही मुलुकसँग सल्लाह नगरिकन मतदानमा लगिएको कार्यमाथि नजर राखेको व्यक्त गर्नुभयो। ह्वा छुन यिङका अनुसार, ओपीसीडब्लुको जाँच दलले गत अप्रिलमा जारी गरेको प्रतिवेदन उक्त दस्तावेजको आधार हो तर वास्तवमा उक्त जाँच दल र उक्त प्रतिवेदनमा सम्पूर्ण विवाद रहेको छ। चीनलगायत धेरै मुलुकको विचारमा उक्त जाँच दल र त्यसको कार्य रासायनिक हतियार निषेध सन्धिको नियमसँग विपरीत छ र उक्त प्रतिवेदनमा धेरै शंका तथा कमजोरीहरु रहेका छन्।

यस अवस्थामा केही मुलुकले भूराजनीतिक लक्ष्यको आधारमा सिरियाली रासायनिक समस्याबारे मतदान गर्न ओपीसीडब्लु लगाएर समस्याको समाधानमा कुनै पनि सहयोग पुग्दैन साथै ओपीसीडब्लुको अधिकार तथा एकतालाई अरू हानी पुग्न सक्ने पनि प्रवक्ता ह्वाले उल्लेख गर्नुभयो।

जानकारी तथा लेखहरु