फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी राजनीतिज्ञहरुको दक्षिण चीन सागर सम्बद्ध कुचेष्ठा विफल हुने

(GMT+08:00) 2020-07-19 17:20:22

अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले पटक पटक दक्षिण चीन सागर क्षेत्रको परिस्थितिमा तनाव बढाउँदै चीनद्वारा यस क्षेत्रमा लिइएको सार्वभौमिकता र सामुद्रिक अधिकारलाई अबैध भनी बदनाम गर्नु भएको छ। चीन र अमेरिकाबीचको सम्बन्ध दिनप्रति दिन चर्कँदै गएको पृष्ठभूमिमा उनीहरुले दक्षिण चीन सागर क्षेत्रको शान्ति र स्थिरतालाई अराजक बनाएर चीनको विरोध गर्ने लक्ष्य रहेको छ।

हालै चीन र आशियानले "दक्षिण चीन सागरको व्यावहारिक सिन्द्धान्त"सम्बन्धी छलफललाई तिब्र बनाइको छ। पोम्पेओहरुले यस बेलामा सम्बन्धी समस्या खडा गर्दै चीन र आशियानबीचको स्थिर सम्बन्धलाई भङ्ग गर्न प्रयास गरिरहेका छन्। उनीहरुले जुनसुकै उपाय चाले पनि चीनको राष्ट्रिय सार्वभौमिकता,सुरक्षा र विकास हितको संरक्षण गर्ने द्दढ अठोटमा परिवर्तन हुन सक्दैन। साथै सम्बन्धित मुलुकहरुको दक्षिण चीन सागरको शान्ति र स्थिरताको संयुक्त संरक्षण गर्ने इच्छा र प्रयासलाई भङ्ग गर्न सक्दैनन्।

चीन र आशियान मुलुकको संयुक्त प्रयासमा दक्षिण चीन सागरको परिस्थिति समष्टिगत स्थिर देखिन्छ। चीन र आशियानका विभिन्न मुलुकबीचको"दक्षिण चीन सागरको व्यावहारिक सिन्द्धान्त"सम्बन्धी छलफलको दोस्रो समीक्षा चरणमा प्रवेश भएको छ जसले सम्बन्धित विभिन्न पक्षले यस क्षेत्रको शान्ति तथा स्थिरताको संयुक्त संरक्षण गर्ने अठोट प्रतिबिम्बित भएको छ। चीन र आशियान मुलुकसँग आफ्नो समस्याको समाधान गर्ने क्षमता र बुद्धिमान रहेको छ भने कुनै पनि बाहिरी मुलुकको हस्तक्षेप आवश्यक छैन। केही अमेरिकी राजनीतिज्ञहरुले अन्तर्राष्ट्रिय समाजमा समस्या खडा गर्नुको सट्टामा आफ्नै देशमा चर्कँदै गएको महामारी अवस्थामा ध्यान दिन आवश्यक रहेको कुरामा चीनले ताकिता गरेको छ।

जानकारी तथा लेखहरु