फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

म्याक्कार्थिज्मको पुनरूत्थान अमेरिकाको दु:ख

(GMT+08:00) 2020-07-20 21:00:35

केही समयदेखि अमेरिका सरकारले चिनियाँ कम्युनिष्ट पार्टीका सदस्य एवम् सदस्यका परिवारलाई अमेरिकाको यात्रामा निषेध गर्ने समाचार फैलिएको छ। अमेरिका र अन्तर्राष्ट्रिय जनमतले यो समाचारको कडा आलोचना गरेका छन्। जसबाट म्याक्कार्थिज्मको पुनरूत्थान झन् झन् स्पष्ट हुँदै गएको विश्लेषण गरिएको छ। यो वर्तमान अमेरिकाको सबैभन्दा ठूलो दुःख हो।

गत शताब्दीको मध्यकालमा अमेरिकी काँग्रेस सांसद जोसेफ म्याक्कार्थी लगायत राजनीतिज्ञको उक्साहटमा कम्युनिष्ट विरोधी चरम दक्षिणपन्थी कन्जर्भेटिव विचारधाराको लहर चलेको थियो। चिनियाँ कम्युनिष्ट पार्टीको आधार क्षेत्रमा कार्यरत् अमेरिकी विदेश मन्त्रालयका अधिकारीहरूलाई पक्राउ गरिनुका साथै वामपन्थीहरू तथा चिनियाँ मूलका विदेशीहरू राजनीतिक रूपमा दमन गरिएका थिए। अमेरिका चरम राजनीतिक अँध्यारोका पाँच वर्षमा डुबेको थियो। सन् १९५४ सम्म अमेरिकी सिनेटले म्याक्कार्थीप्रति निन्दा पारित गरेपछि म्याक्कार्थिज्म नष्ट भयो।

केही वर्षयता चीनका लागि अमेरिकी सरकारको नीति विश्लेषण गर्दा म्याक्कार्थिज्म क्रमशः बढ्दैआएको देखिन्छ। माइक पोम्पेओ, पेटर नाभारो, रोबेर्ट ओ ब्रियन, स्टेभन बान्नोनलगायत चीनविरोधी राजनीतिज्ञले चिनियाँ सत्तारूढ पार्टीमाथि हिलो छ्याप्नुका साथै चिनियाँ सत्तारूढ पार्टी तथा जनताको सम्बन्धमा समस्या खडा गरेका छन्। उनीहरूको शरीर २१औं शताब्दीमा प्रवेश गरे तापनि टाउको र विचार शीत युद्धको युगमा छ।

धेरै पश्चिमा विश्लेषकका अनुसार, अमेरिकी राजनीतिज्ञले चीन अवरुद्ध गर्ने रणनीतिलाई माथि उकास्ने गतिविधिले उनीहरूको सुदृढ प्रभुत्ववादी तथ शीतयुद्ध विचारधारा देखाउनुका साथै झन् झन् बढी चिन्ता तथा गैर-आत्मविश्वास पनि स्पष्ट पारेको छ।

जसले चीन र अमेरिकाको सम्बन्धमाथि गम्भीर रूपमा क्षति पुर्याएको छ। सबैलाई थाहा नै छ, देशबीचको आदानप्रदानमा आपसी बुझाइ तथा सम्मान ज्यादै महत्वपूर्ण छ। केही अमेरिकी राजनीतिज्ञले कूटनीतिको आधारभूत लाइन तथ अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत नियम उल्लंघन गरेका छन्। उनीहरूले म्याक्कार्थिज्मको पुनरूत्थान गर्ने दुष्प्रयासले विश्वको बहु-ध्रुवीकरण प्रवृतिको उल्टो अमेरिका र विश्वको शान्तिमा नै खतरा उत्पन्न गराइरहेका छन्।

पहिलो, यद्यपि हालसम्म अमेरिका एकमात्रै सुपर पावर ठूलो देश भएपनि राजनीति, अर्थतन्त्र र विज्ञान तथा प्रविधिमा उसको प्रभुत्व पहिलेजस्तै बलियो छैन।

दोस्रो, चीन र अमेरिकाको हित उच्चस्तरीय रूपमा मिलेको छ। यद्यपि राजनीतिज्ञले दुई देशको सम्बन्ध रोक्न उक्साए तापनि अमेरिकाका विभिन्न पक्षले स्वीकार गर्दैनन्।

तेस्रो, चीन र अमेरिकाको सम्बन्ध विश्वमा ज्यादै महत्वपूर्ण द्विपक्षीय सम्बन्ध भएकाले विश्व शान्ति तथा स्थिरतासँग सम्बन्धित छ।

अन्त्यमा चिनियाँ जनताले शान्तिप्रेमी भएर रणनीतिक उचाई तथा दीर्घकालीन दृष्टिकोणबाट दुई देशको सम्बन्धको विचार गरी रचनात्मक तरीकाद्वारा मतभेदको सामना गर्ने आशा गर्दछन्। तर अर्कातिर यदि वाशिन्टनका राजनीतिज्ञले निरन्तर रूपमा चेतावनी दिएमा चिनियाँ जनताले आवश्य नै आफ्नो विकसित लाभको संरक्षण गर्नेछन्।

जानकारी तथा लेखहरु