फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मार्स अर्थात् मंगलग्रहको अन्वेषणबाट पूरै मानवजातिलाई फाइदा पुग्ने

(GMT+08:00) 2020-07-23 19:51:40

चीनले पहिलोपटक मंगल ग्रहको अन्वेषण गर्ने "थ्यान वन एक नम्बर" नामक डिटेक्टर २३ तारिख प्रक्षेपण गरेको छ। यो चीनले मंगल ग्रहको अन्वेषण गर्ने पहिलो पाइला हो।

विगत दशकौं वर्षमा चीनले "सानो पाइलाद्वारा तीव्र दौड्ने" धारणा लिएर हरेक कार्यबाट एउटै प्रविधि हासिल गर्नुका साथै धेरै कार्यको संयुक्त प्रक्षेपणद्वारा कुनै क्षेत्रको पूरै प्रविधि हासिल गर्दैआएको छ।

यसपटक "थ्यान वन एक नम्बर" नामक डिटेक्टरको कार्यमा घेर्ने, अवतरण गर्ने तथा रोमिङ गर्ने तीन लक्ष्य समेटिएको छ। जसबाट यसअघि चन्द्रमाको अन्वेषण, मानववाहक अन्तरिक्ष तथा पै तौ उपग्रह नेभिगेसन लगायत अनेकन अन्तरिक्ष प्रणालीगत कार्यक्रमले मंगलग्रहको अन्वेषण तथा मापन गर्न आवश्यक प्राविधिक आधार तयार गरेको देखिएको छ।

ईन्जिनियरिङ प्रविधिबाट हेर्दा यदि "थ्यान वन एक नम्बर"को कार्य सफल भएमा मंगलग्रहको अन्वेषण तथा मापनमा फड्को मार्ने खालको प्रगति हुनेछ।

उपग्रह संचार, नेभिगेसन, रिमोट सेन्सिंगलगायत अन्तरिक्ष प्रविधिभन्दा फरक हुनुका साथै अल्पकालमा मंगलग्रहको अन्वेषण तथा मापन आर्थिक मूल्यबाट गरिनुहुँदैन। यो सम्पूर्ण रूपमा सामूहिक हित-कल्याण कार्यक्रम हो। त्यसैले जुन मुलुक मंगलग्रह गए तापनि मानवजातिका लागि ठूलो योगदान पनि हो।

चीनले समान तथा आपसी हितकर, शान्तिपूर्ण प्रयोग र सहिष्णुता तथा विकासको आधारमा अन्तरिक्षबारे अन्तर्राष्ट्रिय आदानप्रदान तथा सहकार्य गर्ने धारणा सधैं नै लिएको छ। "थ्यान वन एक नम्बर" नामक डिटेक्टरमा यूरोपिन स्पेस एजेन्सी, फ्रान्सेली अन्तरिक्ष अनुसन्धान केन्द्र र अस्ट्रिया रिसर्च प्रमोशन एजेन्सीका धेरै वैज्ञानिक उपकरणहरू बोकिएका छन्। गहिरो ठाउँ संचारमा चीनले अर्जेन्टिनाबाट सहयोग पाएको छ। त्यसैले "थ्यान वन एक नम्बर" नामक डिटेक्टरको कार्य आफै पनि अन्तर्राष्ट्रिय सहकार्यको नमूना हो। यो मानव भाग्य समुदायको निर्माणलाई अगाडि बढाउने ठोस व्यवहार पनि हो।

जानकारी तथा लेखहरु