|
|
|
||
जुलाई २४ को बिहान चीनको परराष्ट्र मन्त्रालयले चीनका लागि अमेरिकी दूतावासलाई सूचित गर्दै छङतुका लागि अमेरिकी वाणिज्य दूतावासको स्थापना र सञ्चालन अनुमति खारेज गर्ने भएको छ। यो यसअघि अमेरिकाले अचानक ह्युस्टनस्थित चीनको वाणिज्य दूतावास बन्द गर्ने गतिविधिको समान जवाफी हमला हो। यो कदम अमेरिकी जनताका लागि होइन, चीन र अमेरिकाको सम्बन्धलाई अपहरण गर्ने केही चीनविरोधी शक्तिका लागि सुदृढ जवाफ हो। जसबाट चीनले आफ्नो मर्यादा र अधिकारको संरक्षण गर्ने दृढ विचार देखाइएको छ। यो राजनीतिक नियम अनुकूल भएर उचित तथा आवश्यक प्रतिक्रिया हो।
हाल केही अमेरिकी राजनीतिज्ञले घरेलु द्वन्द्वको हस्तान्तरण तथा निर्वाचनका लागि राजनीति, अर्थतन्त्र, कूटनीति, सैन्य तथा विचारविज्ञान लगायत क्षेत्रमा पागलपन देखाउँदै चीनमाथि आक्रमण गरेका छन्। अमेरिकाले एकतर्फी रूपमा घटनालाई उक्साएर तीन दिनमा ह्युस्टनस्थित चीनको वाणिज्य दूतावास बन्द गर्न चेतावनी दियो। यो अन्तर्राष्ट्रिय कानून, अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत मान्यता र चीन-अमेरिका कन्सुलर सन्धिको गम्भीर उल्लंघन हो। यो ज्यादै गम्भीर राजनीतिक उत्तेजक चेतावनी हो।
अमेरिका सरकारको गतिविधि र उसबाट प्रसारित कानूनी शासन शैली उल्टो भएको रूसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखरोभाले २३ तारिख बताउनुभएको छ।
अमेरिकी टेक्सास विश्वविद्यालयका राजनीतिक प्रोफेसर जोन आर टैलोरका अनुसार, यो अमेरिकाले महामारीको सामनामा सरकारको कमजोर र आर्थिक मन्दीबारे सर्वसाधारणको ध्यान मोड्नका लागि हो। जसले अमेरिकी सरकारको शीत युद्धको विचार अभिव्यक्त गरेको छ। यो आफूले आफूलाई धोका दिनु हो।
विदेशस्थित दूतावास तथा वाणिज्य दूतावासले देशको सार्वभौमिकता तथा मर्यादाको प्रतिनिधित्व गर्नुका साथै सरकार तथा नागरिकबीचको आदानप्रदानलाई घच्घच्याउने पुल पनि हो। दौत्य सम्बन्ध स्थापनादेखि अमेरिकास्थित चिनियाँ दूतावास तथा वाणिज्य दूतावासले "भियना कूटनीतिक सम्बन्ध सन्धि" तथा "भियना कन्सुलर सम्बन्ध सन्धि"बमोजिम कार्यान्वयन गर्दैआएको छ। अमेरिकामा पहिलो चिनियाँ वाणिज्य दूतावास भएको हैसियतमा ह्युस्टनस्थित चिनियाँ वाणिज्य दूतावासले सधैं नै अन्तर्राष्ट्रिय तथा स्थानीय कानूनको पालना गरेर धेरै मैत्रिपूर्ण कार्य गरेको छ। यद्यपि अमेरिकाले अमेरिकी बौद्धिक सम्पत्ति र निजी जानकारीको सुरक्षा गर्ने निहुँद्वारा ह्युस्टनस्थित चिनियाँ वाणिज्य दूतावास बन्द गर्न अनुरोध गरेको थियो। तर अमेरिकाले उक्त निहुँको प्रमाण देखाउनसक्दैन।
चीन शान्तिलाई माया गर्ने मुलुक हो। चीनले रणनीतिक उचाइ तथा दीर्घकालबाट चीन र अमेरिकाको सम्बन्धको विचार गरेर रचनात्मक तरिकाद्वारा मतभेदको नियन्त्रण तथा सामना गर्ने धारणा लिंदैआएको छ। तर यसपटक चीनको समान जवाफी हमलाबाट आफ्नो वैधानिक फाइदाको सुरक्षा गर्ने सुदृढ अठोट देखिएको छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |