|
|
|
|||||||||
|
||

अमेरिकी राजनीतिज्ञले हाल धेरैपटक कोरोना भाइरसलाई "अदृश्य चिनियाँ भाइरस", "कुङ फू फ्लू" भनेर सार्वजनिक रूपमा जातिवादलाई उक्साएका छन्।
डब्लुएचओको नियम अनुसार, भेदभाव हटाउनका लागि रोगको नाम दिंदा क्षेत्र, देश, व्यक्ति तथा जनावरमा नकारात्मक प्रभाव पर्न दिनु हुँदैन। फेब्रुअरी ११ तारिख डब्लुएचओले नयाँ कोरोना भाइसलाई "कोभिड-१९"को नाम दिएको छ। तर अमेरिकी राजनीतिज्ञले डब्लुएचओको नियमको बेवास्ता गरेर "चिनियाँ भाइरस"लगायत जातिवाद शब्दको प्रयोग गरी विज्ञान तथा वस्तुसत्य नै उल्लंघन गरी जातीय द्वन्द्वलाई चर्काएका छन्।

भाइरसको अनुवंश विज्ञान हो। अमेरिकाको भनाइसँग कुनै प्रमाण छैन। साथै धेरै मुलुकको अनुसन्धानअनुसार, कोभिड-१९ विश्वका धेरै क्षेत्रमा फैलिनुका साथै उत्पन्न समय अनुमानभन्दा अझ छिटो हुनसक्छ। धेरै प्रभानले एशियामा भन्दा चाँडो कोभिड-१९ अरू क्षेत्रमा उत्पन्न भएको पुष्टि गरेको बेलायती अक्सफोर्ड विश्वविद्यालयको मेडिकल केन्द्रका उच्चस्तरीय अनुसन्धानकर्ता टोम चेफेर्सोनले बताउनुभएको छ। तर किन अमेरिकी राजनीतिज्ञले यसको वेवास्ता गरेका छन् त? यो वर्तमान अमेरिकी महामारी फेरि बढेको अवस्थासित सम्बन्धित छ।अमेरिकी रोग नियन्त्रण केन्द्रबाट प्रकाशित तथ्यांक अनुसार, अमेरिकामा कोभिड-१९बाट संक्रमित बिरामीको संख्या सरकारले सार्वजनिक गरेको भन्दा धेरै छ। यस्तो अवस्थामा अमेरिकी राजनीतिज्ञले चीनमाथि दोष लगाउने पुरानै तरिका पुनः प्रयोग गरेका हुन्।
अर्कातिर अमेरिकी राजनीतिज्ञले गम्भीर शीत युद्धको धारणा र राजनीतिक विचारधाराप्रति पूर्वाग्रह राखेका छन्। उनीहरूले विश्वको विकास प्रवृत्ति तथा चीनको विकास तथा प्रगतिबारे उचित विचार गर्दैनन् र चीन तथा अमेरिकाको सम्बन्धबारे गलत निर्णय गरेका छन्।
राजनीतिलाई विज्ञान भन्दा पनि माथि राखेमा जीवनले मूल्य चुकाउनुपर्छ।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||