|
|
|
|||||||||
|
||


इतिहासको बेठीक रुपमा बुझेका अमेरिकी प्रथम कूटनीतिज्ञका आँखामा समस्त विश्व उल्टो देखिएको छ। आफ्नो देशको व्यवस्था र सभ्यता बीच निकै फरक रहेको र निरन्तर रुपमा विकसित हुँदै आएको चीन अवश्य नै अमेरिकी समाजका सबै महत्वपूर्ण समस्याहरूका लागि बलीको बोको बनेको देखिन्छ।
बितेका दशौं वर्षयताको इतिहासबाट के प्रमाणित भएको छ भने चीनलाई शान्ति चाहिन्छ तर प्रभुत्व चाहिँदैन। चीन अवसर हो तर त्रास-धम्की होइन। चीन साझेदार हो कदापि प्रतिद्बन्द्वी होइन।

गत जुलाई २५ तारिख ४८ वटा मुलुकका विद्बान र विभिन्न क्षेत्रका व्यक्तिहरू संगठित "चीन लक्षित जुनसुकै नयाँ शीत युद्ध मानव जातिको हित विपरीत" शीर्षकमा विश्व आनलाईन खुलस्त सम्मेलन विविध सार्वजनिक आदान-प्रदान चौतारोमा एउटै समयमै प्रत्यक्ष प्रसारण गरिएको थियो। त्यस सम्मेलनमा "नयाँ शीत युद्धलाई अस्वीकार" शीर्षकको १४ वटा भाषा सहित संयुक्त बक्तव्य पनि जारी गरिएको छ।
अहिलेको विश्व शीत युद्धबाट निस्केको विश्व हो। पोम्पेओले इतिहासको गाडीलाई पछाडि धकेल्न खोज्नुभएकाले अवश्य नै अमेरिकी जनता लगायत पूरै विश्वका जनताले उहाँको आलोचना र निन्दा गरेका छन्।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||