फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पोम्पेओले चिनियाँ सत्तारुढ पार्टीमाथिको धारणा निराधार र अज्ञानताले भरिपूर्ण

(GMT+08:00) 2020-07-28 19:46:55

अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले हालै क्यालिफोर्निया राज्यस्थित निक्सन पुस्तकालय अर्थात् संग्रहालयमा भाषण दिँदै गैरजिम्मेवार भाषाद्बारा चिनियाँ सत्तारुढ पार्टीमाथि हिलो छ्याप्नुका साथै कुचेष्टा लिएर चीनभित्र अन्तर्विरोध र डामाडोल अवस्था मच्चाउन खोज्नुभएको छ। अमेरिकी कूटनीतिक कमिटीका प्रमुख रिचार्ड हासले पोम्पेओको चर्को भनाइबाट चीनका बारेमा उहाँले नबुझ्नुभएको प्रतिबिम्बित गरिएको कुरा औँल्याउनुभयो। अवश्य नै पोम्पेओले चीनको राष्ट्रिय अवस्थामा गम्भीर गलत बुझाइ राख्नु भएको छ। उहाँले आफ्नो स्वार्थी हितको आधारमा चिनियाँ सत्तारुढ पार्टीलाई बदनाम गर्नुभएको छ। उहाँको भनाइमा निराधार र अज्ञानता भरिपूर्ण देखिएकाले समस्त चीन अझ विशेष गरी अन्तर्राष्ट्रिय समाजले त्यसको आलोचना र निन्दा गरेको छ।

धेरै वर्षदेखि चिनियाँ जनताले गहन रुपमा के बुझेका छन् भने खतरा वा संकट आइपरेको बेला चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्व नै सबैभन्दा महत्वपूर्ण प्रत्याभूति हुनुका साथै चिनियाँ जनताको सबभन्दा भरपर्दो साथी हुने गरेको छ। साथै जनताको विश्वास र समर्थन नै चिनियाँ कम्युनिष्ट पार्टीले देशको सञ्चालन गर्ने सबभन्दा ठूलो साहस पनि हो।

पोम्पेओ जस्तै ठूलो भेदभाव बोकेको र आफ्ना आँखामा राजनीतिक स्वार्थ हित मात्र रहेको व्यक्तिले चिनियाँ सत्तारुढ पार्टी तथा जनता बीचको घनिष्ट सम्पर्कबारे स्पष्टसँग बुझ्न सक्दैन। अमेरिकी प्रथम कूटनीतिज्ञको हैसियतले पोम्पेओले आफ्ना जनताको प्राणको बावजुद आफ्नो सम्बोधनमा अधिकांश अक्षरद्बारा चिनियाँ जनताको खुब "ख्याल-विचार" गर्नुभयो। त्यस कारवाईबाट के कस्तो कुचेष्टा देखिएको छ? अमेरिकी पूर्व सहायक विदेश मन्त्री डेनिल रासेलले भन्नुभए जस्तै: वास्तवमा पोम्पेओको कुचेष्टा कुनै पनि काम लाग्दैन। बरु त्यसबाट सम्भवत: उल्टो भूमिका निर्वाह हुनेछ। त्यसकारण पोम्पेओले आफ्नो खराब मुख बन्द गर्न अनिवार्य छ।

जानकारी तथा लेखहरु