फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा कोभिड १९ को सामना क्रममा जनता सबैभन्दा प्राथमिक्तामा

(GMT+08:00) 2020-07-29 17:07:41
कोभिड १९ महामारी नयाँ चीन स्थापना भएदेखि संक्रमित गति सबभन्दा द्रुत, संक्रमित परिमाण सबभन्दा व्यापक र रोकथाम तथा नियन्त्रण सबभन्दा कठिन भएको एउटा गम्भीर आकस्मिक सार्वजनिक स्वास्थ्य समस्या थियो। यस्तो घटनासमक्ष चीनका राष्ट्राध्यक्ष सी चिन फिङ सारगर्भित चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चीनले जनधनको सुरक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर पूरै चीनलाई प्रचालित गरेर महामारीको प्रतिरोध गरेको थियो। यसबाट चीनले जनता केन्द्रित मानव अधिकार विचारधारालाई देखाइएको छ।

यस वर्ष अप्रिल १६ तारिख दिउँसो ९५ वर्षीय बृद्ध सु मिङले उहान चिनियाँ चिकित्सा अस्पतालमा आएर आफूलाई औषधोपचार गरेका डाक्टर चाङ च्युन लगायत चिकित्सकहरुलाई धन्यवाद व्यक्त गर्नु भएको छ। डाक्टर चाङ च्युनले भन्नुभयो,'हामीले कोही पनि विरामीलाई उपचारबाट बन्चित गरेका छैनौँ। बृद्धहरूले मुलुकको निर्माणमा धेरै योगदान दिएका छन्।'

महामारीको रोकथाम र नियन्त्रणका क्रममा चीनले सधैँ नै जनताको ज्यान र स्वास्थ्य सबभन्दा महत्वपूर्ण स्थानमा राखेर वास्तविक व्यवहारमार्फत'जनता सबभन्दा महत्व, ज्यान सबभन्दा महत्व'भनेर मानव अधिकार विचारधारालाई साकार तुल्यएको छ। चिनियाँ चिकित्सा बिमा व्यूरोले जनाए अनुसार, कोभिड १९ संक्रमित विरामी औसत उपचार शुल्क २१ हजार ५ सय चिनियाँ युआन पुग्नुका साथै गम्भीर संक्रमितको औसत उपचार रकम १ लाख ५० हजार चिनियाँ युआनभन्दा बढी पुगेको छ। यो खर्चको सानो भाग विरामीको चिकित्सा बिमाबाट पुर्ताल गर्नु वाहेक धेरैजसो राष्ट्रिय बित्तबाट निकासा गरिएको छ।

महामारीको नियन्त्रणका क्रममा चीनले पनि कमजोर समूहमा ध्यान दिँदै आएको छ। गरिबी निवारण नै मानव अधिकारको संरक्षण गर्ने महत्वपूर्ण तरिका भएकाले मार्च ६ तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिले गरिवी निवारण गोष्ठीको आयोजना गरेको थियो। सो सम्मेलनमा चीनले सन् २०२० मा निर्धारित समयमै गाउँका विपन्न नागरिकलाई गरिबीबाट मुक्त गर्ने घोषणा दोहोर्‍याएको छ। संयुक्त राष्ट्र संघको २०३० दिगो विकास कार्यसूचीमा रहेको गरिवी निवारण लक्ष्य चीनमा १० वर्ष अगाडि नै साकार हुने छ।

चीनले महामारोको रोकथाम गरेको सबभन्दा कठिन बेला १७० भन्दा बढी मुलुक लगभग ४० वटा अन्तर्राष्ट्रिय र क्षेत्रीय संगठनले चीनलाई समवेदना र समर्थन दिएका थिए। विभिन्न मुलुकका जनताले धेरै तरिकाबाट चिनियाँ जनतालाई प्रोत्साहन पठाएका थिए। चिनियाँ जनताले यी सदिच्छापूर्ण मद्दत विर्सन सक्दैनन्। महामारी विश्वमा फैलिंदै मेइ महिनासम्म चीनले १८० वटा मुलुक र दशभन्दा बढी संगठनलाई महामारीको प्रतिरोध र उपचार अनुभवको शेयर गरिसक्यो। निरन्तर रूपमा आवश्यक मुलुकलाई चिकित्सा विशेषज्ञ टोली पठाएर विभिन्न मुलुकले चीनमा चिकित्सा सामग्री र प्रबन्ध खरिद गर्ने सहजीकरण उपलब्ध गराएको थियो।

चीन एउटा जिम्मेवारी मुलुकको रूपमा जनताको विभिन्न अधिकारको संरक्षण गर्न प्रयास गर्दै जाने, निरन्तर मानव अधिकार कार्य स्वास्थ्य विकासलाई अघि बढाउने छ।

जानकारी तथा लेखहरु