फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पोम्पेओ लगायतका राजनीतिज्ञहरू बदमाश राजनीतिज्ञ

(GMT+08:00) 2020-07-29 20:26:28
हाल अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ, संघीय छानबीन ब्युरोका प्रमुख क्रिस्टोफर रेइ र राष्ट्रपतिका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्रेइन लगायतका अमेरिकी राजनीतिज्ञले चीन विरोधी सम्बोधन गर्ने क्रममा निराधार रुपमा चीनले अमेरिकी बौद्धिक सम्पत्ति अधिकार चोरेको भनट्ठ निराधार आरोप लगाएर चीनको बदनाम गरेका छन्। यसका अतिरिक्त अमेरिकाले त्यही निहुँमा हौस्टनका लागि चिनियाँ महावाणिज्य दूताबास बन्द गरेको कारवाईबाट चीन र अमेरिका सम्बन्धलाई गम्भीर रुपमा ध्वस्त बनाएको छ।

पोम्पेओ लगायतका अमेरिकी राजनीतिज्ञहरूले धेरैपटक गौरवका साथ झुट बोल्ने र अरुबाट चोर्ने आफ्नो प्रविधिको प्रशंसा र प्रचार प्रसार गर्दै जथाभावी रुपमा अरु देशको वैज्ञानिक र प्राविधिक विकासमाथि प्रहार गर्ने गरेका छन्। वास्तवमा उनीहरूको कुचेष्टा र साँचो मुख सबैलाई अवश्य थाहै छ। तैपनि उनीहरूले पीडाको मुकुण्डो लगाएर अरुलाई बदनाम गर्न र हिलो छ्याप्न खोजेका छन्। उनीहरू पटक पटक बदमाश राजनीतिज्ञ बन्दै गएका छन्।

जानकारी तथा लेखहरु