फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बहुपक्षीयतावादलाई समर्थन गर्ने सशक्त आवाज "चिनियाँ अडान"

(GMT+08:00) 2020-07-29 20:28:02

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जुलाई २८ तारिख एशियाली पूर्वाधार लगानी बैंक एआईआईबीको पाँचौं परिषद्को वार्षिक भिडियो सम्मेलनको उद्धाटन समारोहलाई सम्बोधन गर्नुभएको छ।

आफ्नो सम्बोधनमा राष्ट्राध्यक्ष सीले सम्मेलनलाई शुभकामना व्यक्त गर्नुका साथै एशियाली पूर्वाधार लगानी बैंकका विभिन्न सदस्य बीच समान विकास हुने र मानव जाति भाग्यको एकरुपता स्थापना कार्यलाई प्रबर्द्धन गरिने नयाँ चौतारो बन्ने आशा पनि व्यक्त गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले आफ्नो सम्बोधनमा ४ बुँदे प्रस्ताव प्रस्तुत गर्नुभएको छ: एशियाली पूर्वाधार लगानी बैंकलाई पूरै विश्व समान विकास हुने नयाँ ढाँचाको बहुपक्षीय विकास बैंकको रुपमा बनाउनुपर्छ। एशियाली पूर्वाधार लगानी बैंकलाई युग अनुकूल हुने नयाँ ढाँचाको विकास हुने र व्यवहारमा उतार्न सकिने चौतारोको रुपमा बनाउनुपर्छ। एशियाली पूर्वाधार लगानी बैंकलाई उच्च मापदण्ड सहित नयाँ ढाँचाको अन्तर्राष्ट्रिय सहकार्य संस्थाको रुपमा बनाउनुपर्छ र एशियाली पूर्वाधार लगानी बैंकलाई अन्तर्राष्ट्रिय बहुपक्षीय सहयोगको नयाँ उदाहरणको रुपमा बनाउनुपर्छ।

नयाँ महामारी भोगिरहेको र अन्तर्राष्ट्रिय आर्थिक स्थिति निकै जटिल र गम्भीर रहिरहेको पृष्ठभूमिमा "चिनियाँ अडान"ले बहुपक्षीयतावादलाई दृढताका साथ समर्थन गरिने सशक्त आवाज निकालेको कुराबाट एक जिम्मेवार ठूलो मुलुकको हैसियतले चीनको साहस र कर्तव्य पनि स्पष्टसँग प्रतिबिम्बित गरिएको छ।

जानकारी तथा लेखहरु