फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

युरोपबाट फैलिएको कोरोना भाइरसको सामना मन्द भएकोले अमेरिकामा महामारी ठूलो परिमाणमा फैलिएको अमेरिकी अधिकारीद्वारा स्वीकार

(GMT+08:00) 2020-07-30 17:14:17

हिजो जुलाई २८ तारिख अमेरिकी महामारीको नियन्त्रण केन्द्रका प्रमुख रोबर्ट रेडफिल्डले अमेरिकी प्रसारण कम्पनीलाई अन्तर्वार्ता दिँदै ट्रम्प सरकारको कोरोना भाइरसको सामना मन्द भएकाले महामारी ठूलो परिमाणमा फैलिएको पहिलो पटक व्यक्त गर्नुभएको छ।

अमेरिकाले समस्यालाई पत्ता लगाउनु अगाडि युरोपको कोरोना भाइरस अमेरिकामा प्रवेश भइसकेको थियो। अमेरिकी सरकारले भाइरसको धम्की फेला पर्नुका साथै युरोपतिर यात्रा निषेधको घोषणा गर्दा दुई तीन साता भइरहेको थियो, सो अवधिमा हरेक दिन ६० हजार व्यक्तिले युरोपबाट अमेरिकामा प्रवेश गरेका थिए। यसले अमेरिकामा महामारी फैलिएको मुख्य कारण रहेको प्रमुख रेडफिल्डले जानकारी दिनुभएको छ।

यस वर्षको अप्रिल महिनामा अमेरिकी केबल समाचार नेटवर्कले दिएको समाचारमा न्युयोर्कमा सर्वप्रथम फैलिएको कोरोना भाइरस युरोप अथवा अमेरिकाका अन्य क्षेत्रबाट आएको तर एशियाबाट आएको नआएको उल्लेख गरेको थियो। यस्तो अवस्थामा अमेरिकी सरकारले यथाशक्य कदम चालेर युरोपेली मुलुकमाथि यात्रा निषेध गरेको थिएन।

अन्तर्वार्तामा प्रमुख रेडफिल्डले सबैजनाले एकताबद्ध भएर महामारीलाई जित्ने सम्भावना रहेको, हालको अवस्थामा मास्क लगाउनु नै संक्रमणको प्रतिरोध गर्ने सबभन्दा राम्रो उपाय रहेको बताउनुभएको छ।

जानकारी तथा लेखहरु