
अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले हालै क्यालिफोर्निया राज्यको निक्सन पुस्तकालय अर्थात् संग्रहालयलाई सम्बोधन गर्दै चीनले अमेरिकी व्यवसायलाई दबाव दिँदै अमेरिकाबाट लुटपाट गर्न खोजेको भन्ने निराधार कुरा गर्दै चीनको जथाभावी रुपमा बदनाम गर्नुभएको थियो।

वास्तवमा स्वतन्त्र प्रतिस्पर्धा हुने नारा लगाउने पोम्पेओहरू जथाभावी रुपमा अमेरिकी व्यवसायको सामान्य निर्णयमा हस्तक्षेप गर्ने र अमेरिकी व्यवसायको स्वतन्त्र विकास हुने प्रक्रियामा अवरोध लगाउने राजनीतिक काला हात हुन्। उनीहरूले बजारको आर्थिक सिद्धान्त विपरीत आपसी हितयुक्त र साझा जित हुने चीन अमेरिका आर्थिक र व्यापारिक सम्बन्धको बावजुद अधिकांश झुट निकालेर चीनबाट बिच्छेद गर्न अमेरिकी व्यवसायमाथि दबाव दिइरहेका छन्। उनीहरूको कुचेष्टा एकदमै खराब र दुराशययुक्त देखिन्छ।
