फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पोम्पेओ लगायतका अमेरिकी नेता राष्ट्रिय सुरक्षाको निहुँ खोजेर चिनियाँ व्यवसायमाथि दबाव दिनेहरु

(GMT+08:00) 2020-07-31 19:26:11

अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले हालै क्यालिफोर्निया राज्यको निक्सन पुरस्कालयलाई सम्बोधन गर्ने क्रममा चिनियाँ वैज्ञानिक र प्राविधिक व्यवसाय ह्वा वैलाई अमेरिकाका लागि राष्ट्रिय सुरक्षाको धम्की भन्दै चीनको बदनाम गर्नुभयो। त्यसअघि अमेरिकी संघीय छानबीन ब्युरोका प्रमुख क्रिस्टोफेर रेई र विधायक मन्त्री विलियम बारले पनि चिनियाँ व्यवसायलाई उस्तै हिलो छ्यापेका थिए। राष्ट्रिय सुरक्षा शब्दको दुरुपयोग गर्नु पछाडि सर्वसाधारणले जथाभावी रुपमा विश्व बजारको नियमलाई ध्वस्त पारेको अमेरिका देखेका छन्।

वास्तवमा उल्लिखितभन्दा उल्टो धारणा लिने अन्तर्राष्ट्रिय गण्यमान्य व्यक्तिको संख्या पनि थोरै छैन। अमेरिकी कोलम्बिया विश्वविद्यालयका आर्थिक शास्त्रका प्राध्यापक जेफरी साक्सले गत वर्षको मे महिनामा एउटा टिप्पणी लेख प्रकाशित गर्दै चीन शिक्षा, अन्तर्राष्ट्रिय व्यापार, आधारभूत प्रबन्धको लगानी र प्राविधिक प्रगतिमार्फत आफ्ना जनताको जीवनस्तरलाई उकास्ने मुलुक रहेको औँल्याउनुभएको थियो। त्यस लेखमा चीन अमेरिकाको शत्रु नभएको कुरा पनि उल्लेख छ।

पोम्पेओहरूले वर्तमान परिस्थिति र चीनबारे गलत बुझाइका साथै प्रभुत्वको विधारधारा त्यागेर अमेरिकी जनता, व्यवसाय र राष्ट्रिय हितका लागि सघाउ पुग्ने सही छनौट गर्नसक्ने चीनको आशा रहेको छ।

जानकारी तथा लेखहरु