फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ सेना जनता र शान्तिको संरक्षण गर्ने दृढ शक्ति

(GMT+08:00) 2020-08-01 18:47:08
चालु वर्षको अगष्ट १ तारिख चिनियाँ जनमुक्ति सेना स्थापनाको ९३ औँ वार्षिकोत्सव हो। बितेका ९३ वर्षयता चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चिनियाँ सेनाले राष्ट्रिय स्वाधिनता, जनताको मुक्ति र नयाँ चीन स्थापनाका लागि महत्वपूर्ण बिजय प्राप्त गर्नुका साथै देशको सार्वभौमिकता, सुरक्षा र विकास हितको संरक्षण गर्नका लागि महत्वपूर्ण योगदान गरेको छ। साथै चिनियाँ सेनाले विश्व शान्ति र स्थिरताको संरक्षण गर्नका लागि महत्वपूर्ण भूमिका पनि निर्वाह गरेको छ।

संघर्षमा हुर्कंदै आएको सेनाको हैसियतले स्थापनादेखि नै चिनियाँ सेना जनताको सेना रहँदै आएको छ भने सकेसम्म जनताका लागि सेवा प्रदान गर्नु नै चिनियाँ सेनाको मूलभूत उद्देश्य रहेको छ। चीनका सर्वोच्च नेता सी चिनफिङले चिनियाँ सेना स्थापनाको ९० औँ वार्षिकोत्सव मनाउने समारोहमा भन्नुभए जस्तै जनमुक्ति सेनाको कर्तव्य के छ भने सधैं नै जनतालाई आफ्नो मनमा राख्नुका साथै दृढताका साथ जनताको शान्तिपूर्ण श्रम र जीवनको संरक्षण गर्नुपर्छ।

बितेका ९३ वर्षयता चिनियाँ सेनाले आफ्नो अठोट र कार्यभारलाई कहिल्यै पनि बिर्सन नसकेकाले यथावत् रुपमा चिनियाँ जनताको सशक्त रुपमा सँरक्षण गर्दै आएको छ।

देशको भूखण्डको सार्वभौमिकता र जनधनको सुरक्षाको संरक्षण गर्नु बाहेक विश्व शान्तिको संरक्षण गर्ने सम्बन्धमा चिनियाँ सेना एक किसिमको सुदृढ शक्ति पनि रहिरहेको छ। हाल नयाँ कोरोना महामारीले विश्व बनौट र परिपाटीलाई निकै ठूलो असर पारेकाले ठूला मुलुक बीच भौगोलिक रणनीतिक प्रतिस्पर्धा पनि दिनप्रति दिन चर्कंदै आएको देखिन्छ। भविष्यतिर उन्मूख गर्दा चिनियाँ सेनाले विगतमा झैं आफ्नो अठोट र कार्यभारलाई कायम राख्नुका साथै देशको सार्वभौमिकता, सुरक्षा र विकास हित तथा जनताको हितको दृढताका साथ संरक्षण गरेर विश्व शान्ति र मानव जाति भाग्य एकरुपताको निर्माणका लागि अझ ठूलो योगदान गर्दै जानेछ।

जानकारी तथा लेखहरु