फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नयाँ कोरोना महामारी अझै अन्तर्राष्ट्रिय ध्यानाकर्षणको आकस्मिक सार्वजनिक स्वास्थ्य घटना

(GMT+08:00) 2020-08-02 16:46:50
विश्व स्वास्थ्य संगठनले जुलाई ३१ तारिख आपतकालीन परिषदको बैठकबाट नयाँ कोरोना महामारीको पछिल्लो अवस्थाको मूल्याङ्कन गरेको छ। बैठक सम्पन्न भएपछि प्रकाशित बक्तव्यमा विश्व स्वास्थ्य संगठनको आपतकालीन परिषद्ले के ठहर गरेको छ भने अवश्य नै वर्तमान महामारी यथावत रुपमा अझ अन्तर्राष्ट्रिय ध्यानाकर्षणको आकस्मिक सार्वजनिक स्वास्थ्य घटना रहिरहने कुरा उल्लेख गरिएको छ। अबउपरान्त महामारीको सम्बन्धमा लगातार र दीर्घकालीन खर्च गर्दै जाने कुरामा पनि उक्त बक्तव्यमा जोड दिएर जनाइएको छ।

विश्व स्वास्थ्य संगठनका महा प्रबन्धक टेड्रोस अद्बानोम घेब्रेएसुसले जुलाई ३१ तारिख आयोजित बैठकमा छ महिनाअघि विश्व स्वास्थ्य संगठनले सर्वोच्च स्तरीय चेतावनी संकेत दिएको बेला चीन बाहिरका संक्रमितको कूल संख्या १ सय पनि नपुगेको भन्दै बितेको आधा वर्ष महामारी विकसित हुँदै आएको अवस्थाको पुन:सिंहावलोकन गर्दै ज्यादै आश्चर्यको कुरा रहेको औँल्याउनुभएको छ।

खोपको अनुसन्धान द्रुत गतिले भइरहे तापनि मानिसहरूले भाइरससँगै बाँच्न र वर्तमान साधनद्बारा महामारीको प्रतिरोध गर्न सिक्नुपर्ने कुरामा पनि महाबन्धक घेब्रेएसुसले जोड दिनुभएको छ।

जानकारी तथा लेखहरु