फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चाडपर्व घरभित्र मात्रै मनाउनुपर्ने, महामारीका बेलामा नयाँ मापदण्ड

(GMT+08:00) 2020-08-07 18:28:50

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चाडपर्व, जात्रा तथा उत्सवहरु मनाउँदा पालना गर्नुपर्ने जनस्वास्थ्यका मापदण्ड-२०७७ जारी गरेको छ । मन्त्रालयले आगामी दिनहरुमा प्रमुख चाडपर्व, जात्रा तथा उत्सवहरुको समय आउँदै गरेकोले कोभिड –१९ को संक्रमणको जोखिम कम गर्न सुरक्षित रुपमा पर्व कसरी मनाउने भन्ने विषयमा मापदण्ड तयार पारेको हो। मापदण्डमा सबै किसिमका चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा एउटै घरमा बसोबास गर्ने घरपरिवारका व्यक्ति बाहेक अन्यसँग भेटघाट कम गर्ने उल्लेख छ। सम्भव भएसम्म एकाघरका परिवारका सदस्ययहरुमात्रै बसी चाडबाड तथा पर्वहरु मनाउन भनिएको छ।

कान्तिपुर अनलाइनका अनुसार चाडपर्वको समयमा सकेसम्म घर बाहिरको भेटघाटमा नजाने र चाडपर्व ,जात्रा तथा उत्सव मनाउने कार्यक्रम स्थलमा प्रवेश गर्दा अनिवार्य रुपले साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने भनिएको छ । त्यसैगरी धार्मिक स्थलमा हुने हरेक भेलामा बढीमा २५ जना मात्रै भेला हुने व्यवस्था गर्ने तथा सतहहरु (रेलिङ, बार आदि) देवीदेवताका मूर्तिहरु र धेरै व्यक्तिहरुले प्रयोगमा ल्याउन सक्ने समाग्रीहरु छुनुहुँदैन।

कुनै पनि धार्मिक कार्यक्रम तथा भेला गर्दा भीडभाड व्यवस्थापनका लागि पर्याप्त जनस्वास्थ्यका सुरक्षासहित तालिम प्राप्त कर्मचारी वा स्वयंसेवकहरुको व्यवस्था गर्ने र कार्यक्रमस्थलको सरसफाइ र हरेक दिन कम्तीमा दुई पटक डिस्इन्फेक्ट गर्न उल्लेख गरिएको छ। सकेसम्म प्रसाद तथा टीका वितरण नगर्ने, गर्नै परेमा प्याकेजमा स्वस्थ्य व्यक्तिले पञ्जा लगाएर प्याक गर्ने व्यवस्था मिलाउने र प्रसाद वा अन्य फलफूलहरु निश्चित व्यक्तिहरुले घरमै गएर बाँड्न मिल्ने व्यवस्था मिलाउनुपर्ने मापदण्डमा उल्लेख गरिएको छ।

जानकारी तथा लेखहरु