फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

फोहोर अमेरिकी राजनीतिज्ञले कसरी इन्टर्नेट सफा गर्ने?

(GMT+08:00) 2020-08-07 19:39:08

अगष्ट ५ तारिख अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले तथाकथित राष्ट्रिय सुरक्षाको निहुँमा इन्टर्नेट सफा कार्यक्रम सार्वजनिक गरी अपरेटर, अनुप्रयोग स्टोर, एप्स, क्लाउड सेवा, नेटवर्क केबल यी पाँच क्षेत्रमा चिनियाँ व्यवसायको प्रभावलाई हटाउन खोजेका छन्। भोलिपल्टै अमेरिकी नेताले कार्यकारी आदेशमा हस्ताक्षर गरी चिनियाँ सामाजिक सञ्जाल कम्पनीमाथि दबाब दिए। २१औँ शताब्दीमा पुगिसकेका पोम्पेओ लगायतहरूले प्राविधिक बाधा थोपरेर चीनको अन्तर्क्रियात्मक सूचना यन्त्रलाई विश्वबाट मेटाउन खोज्नु निन्दनीय हो।

वाशिङ्टनका केही राजनीतिज्ञले जथाभावी रूपमा दोषारोपण गरी अमेरिकी राष्ट्रिय सुरक्षामाथि चिनियाँ सूचना तथा प्रविधि व्यवसायको झुटो प्रचार गर्नु झुटलाई दोहोर्याउनुबाहेक कुनै पनि प्रमाण देखाउन सकेका छैनन्। विपरीतमा अमेरिका आफूले विश्वका विभिन्न क्षेत्रमा हस्तक्षेप गरिरहेको छ। सन् २०१३मा जर्मनी चान्सलर एन्गेला मोर्केलको निजी फोनमाथि अमेरिकाले दश वर्षसम्म मोनिटर गरेको सार्वजनिक भएको थियो। सन् २०१८मा अमेरिकाले रूसमाथि इन्टर्नेट प्रहार गरी रूसी संघीय समाचार समितिको सम्वद्ध नेटवर्कलाई कैयौँ दिनसम्म बिगारेको थियो। सोही वर्षको सेप्टेम्बरमा अमेरिकी राष्ट्रपतिले विगत १५ वर्षयताको पहिलो इन्टर्नेट रणनीतिमा हस्ताक्षर गरी विकसित इन्टर्नेट हतियारको स्वतन्त्र रूपमा व्यवस्था गरी इन्टर्नेट प्रहार गर्ने प्राधिकार अमेरिकी सेनालाई प्रदान गरे। ती सबै गतिविधिबाट अमेरिका नै इन्टर्नेट प्रहारको सबभन्दा ठूलो हत्यारा र विश्व इन्टर्नेट सुरक्षाको सबभन्दा ठूलो धम्की भएको प्रमाणित भएको छ।

उनीहरूले यस्तो गर्नुका पछाडि धेरै लक्ष्य छन्, कि सर्वप्रथम, उच्च प्राविधिक क्षेत्रमा अमेरिकाको एकाधिकार संरक्षण गर्ने हो। पोम्पेओ लगायतहरूले तथाकथित स्वतन्त्र प्रतिश्पर्धाको मास्क निकालेर प्रभुत्ववादी अनुहार देखाएका छन्। दोस्रो, अमेरिकामा महामारी नियन्त्रण गर्न विफल भएको, जातीय भेदभावबाट देखिने विरोध प्रदर्शनी धेरै भएको, आर्थिक वृद्धि सूची घटेको लगायत तीन नकारात्मक कुराले लगातार नियुक्त हुन खोजेको वाशिन्टन प्रशासन दललाई ठूलो प्रहार गरेका छन्। यसरी नै चीन विरूद्ध धारणा दोहोर्याउनुलाई पोम्पेओ लगायतहरूले आफूलाई जोगाउने उपायको रूपमा राखेका छन्। तेस्रो, शीत युद्धको मानसिकतामा अडिग रहेका पोम्पेओले चीन विरूद्ध काम गर्ने अरू अधिकार पाउन खोजिरहेका छन्।

तर विश्वव्यापीकरणको आजको युगमा पोम्पेओले चिनियाँ सूचना प्रविधि व्यवसायलाई हटाउने लक्ष्य पक्कै विफल हुनेछ। खुला तथा अन्तर्क्रियात्मक वर्तमानमा तथाकथित इन्टर्नेट सफा कार्यक्रम पोम्पेओले बनाएको अर्को एउटा दाग हुनेछ।

जानकारी तथा लेखहरु