|
|
|
|||||||||
|
||
अमेरिकी स्वास्थ्य तथा सार्वजनिक सेवा मन्त्री एलेक्स अजार अगष्ट ९ तारिख चीनको थाइवान क्षेत्र पुग्नुभयो र १० तारिख थाइवानका नेतासँग भेट गर्नुभएको छ। उहाँको यस्तो गतिविधि चीन-अमेरिका बीच हस्ताक्षरित ३ वटा संयुक्त विज्ञप्तिमा उल्लेखित भावनासँग विपरीत भएको छ। साथै एक चीन नीतिको पनि उलंघन गरिएकाले चीनले गम्भीर सम्पर्क गर्न आग्रह गरेको छ। केही अमेरिकी राजनीतिज्ञले निर्वाचनको राजनीतिक आवश्यकताले चीनलाई नियन्त्रित गर्ने शीत युद्धको विचार लिइरहेका छन् उनीहरूले थाइवान विषयमा थाइवान स्वतन्त्रता पक्षधरहरूलाई गलत संकेत दिइरहेका छन्। उनीहरूको यस्तो गतिवधि आगोसँग खेलेको जस्तै हो र आफूलाई क्षति पुग्न सक्ने छ।

हालै थाइवान टापुमा कोभिड-१९ महामारी फेरि देखा परेको पृष्ठभूमिमा थाइवान सत्ताले महामारीको नियमको वास्ता नगरी अजारहरूको लागि कोरोन्टिनबिना भ्रमण मिलाइदिएको छ जसले थाइवानबासीहरूमा ठूलो असन्तोष उठेको छ। थाइवानेली संचारमाध्यमले यस्तो गतिविधि पेशागत व्यवहारको सट्टामा राजनीतिलाई प्राथमिकता दिएको भनेर आलोचना गरेका छन्।
अजारको थाइवान भ्रमणको उद्देश्य स्पष्टसँग पत्ता लगाउन सकिन्छ कि महामारी प्रतिरोधको नाममा थाइवान स्वतन्त्र पार्ने कुचेष्टा गरेकाहरूको समर्थन दिनुका साथै अमेरिकी आम-निर्वाचनमा मत कमाउन खोजेको हो। हाल अमेरिकामा महामारी संक्रमितको संख्या ५० लाख भन्दा बढी पुगेको छ र आर्थिक पुनरूत्थान आशाबादी नभएकाले सर्वसाधारण अमेरिकीहरूको असन्तोष दिनप्रतिदिन बढ्दै गइरहेको छ। वर्तमान समस्यमको समाधान गर्न नसक्ने अमेरिकी राजनीतिज्ञहरूले स्वदेशी अन्तर्विरोधलाई अन्यत्र मोड्नका लागि चीनसम्बन्धी विषयमा ध्यान तानिरहेका छन्।
वास्तवमा लामो समययता केही अमेरिकी राजनीतिज्ञहरूको दिमागमा शीत युद्धको विचार गहन रूपमा उठिरहेको छ। वर्तमान अमेरिकी सरकारले चीनलाई विश्वमा सबभन्दा ठूलो प्रतिस्पर्धी शक्ति मान्दै सन् २०१८ देखि व्यापार र विज्ञान तथा प्रविधिको क्षेत्रमा चीनलाई अप्ठारो बनाइरहेको छ र चीन लक्षित 'नयाँ शीत युद्ध' उठाउन खोजिरहेको छ। यस्तो पृष्ठभूमिमा उसले थाइवान कार्ड खेल्न थालेको हो।

थाइवान चीनको मुख्य हितसँग सम्बन्धित छ र चीन-अमेरिका सम्बन्धमा सबभन्दा महत्वपूर्ण सम्वेदनशील विषय पनि हो। अमेरिकी राजनीतिज्ञले थाइवान कार्डमार्फत् चीन-अमेरिका बीचको अन्तर्विरोधलाई चर्को पार्दै आपसी सम्बन्धमा अझ ठूलो अनिश्चित तुल्याएको छ। चीनको मुख्य हितको उलंघन गर्ने जुनसुकै किसिमको गतिविधिको एक अर्ब ४० करोड चिनियाँहरूले कडा विरोध गर्दै जवाफ दिने शंका छैन।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||