फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

संगाती मुलुकबाटै अमेरिकी राजनीतिज्ञको विरोध हुँदै

(GMT+08:00) 2020-08-12 19:03:10

विश्व स्वास्थ्य संगठनबाट हटेपछि अमेरिकाले यस संगठनको संरचना सुधार गर्न खोजिरहेकाले हालै जर्मनी तथा फ्रान्सले ७ मुलुक समूहभित्र भइरहेको वार्ताबाट हट्ने सार्वजनिक गरेका छ। कथित अमेरिकी 'सुधार विचार' सार्वजनिक नगरेतापनि अमेरिकाको माग 'अति कठोर' र 'लापरवाह' भएको पश्चिमी मुलकका पदाधिकारीले चुहाएका छन्। विश्वमा महामारी फैलिँदा अमेरिका तथा उसका मुख्य संगाती मुलुक बीचको अन्तर गहन बन्दै गइरहेको देखिन्छ। वासिङ्टनका राजनीतिज्ञहरूले प्रभुत्ववादी तवरले विश्वको बहुपक्षीय संचालन नियमको जबर्जस्ती परिवर्तन गर्न खोजेको गतिविधि झन् झन् अलोकप्रिय बनिरहेको पाइन्छ।

७ मुलुक समूहमाझ अमेरिकाको नेतृत्वमा चलिरहेको विश्व स्वास्थ्य संगठन सुधार सम्बन्ध छलफल ४ महिनासम्म भइसकेको छ यसै क्रममा २० चरणको टेलिफोन वार्ता भइसकेका छन्। आज आएर जर्मनी तथा फ्रान्स वार्ताबाट हट्दा के अडकल गर्न सकिन्छ भने अमेरिकी राजनीतिज्ञले कथित 'सुधार योजना'मा बढी राजनीतिक एजेण्डा राखिसकेकाले आफ्ना संगातीहरू पूर्ण रूपमा रिसाएका छन्।

अमेरिकाले विश्व स्वास्थ्य संगठनको सुधारलाई जबर्जस्ति अघि बढाउने उद्देश्यबारे युरोपेली मुलुकले बुझेका छन्। रोयटर्सले गरेको विश्लेषण अनुसार, ह्वाइट हाउसले विश्व स्वास्थ्य संगठनलाई दबाव दिइरहेको लक्ष्य अमेरिकामै महामारी प्रतिरोध काम राम्रोसँग नगरेको आलोचनालाई अन्यत्र तान्नेका साथै आम-निर्वाचनमा बढी समर्थन पाउन खोज्नु हो।

विश्व स्वास्थ्य संगठनको सुधार सम्बन्धी अमेरिका तथा यूरोपेली मुलुक बीचको मतभेदबाट हेर्दा पश्चिमी संसारभित्र विश्वव्यापी मुख्य संकटको सामना गर्ने मूल्य तथा कार्वाही तरिका टाढा बन्दै गइरहेका छन्। यूरोपका मुख्य मुलुकहरूले यस्तो विचार गरेका छन् कि महामारी जस्तै विश्वव्यापी चुनौतीको सामना गर्दा बहुपक्षबादको पालना गर्नैपर्छ र यसै सन्दर्भमा यूरोपेली संघले विश्व स्वास्थ्य संगठनबाट अमेरिका हट्दा अन्तर्राष्ट्रिय समाजको साझा हित आधारित विश्वव्यापी चन्दा जुटाउने सम्मेलन आयोजित गरेको हो र यस्तो कदम विभिन्न पक्षहरूको व्यापक समर्थन पाएको छ।

बितेका वर्षहरूयता वासिङ्टनका राजनीतिज्ञहरूले विश्वलाई असुरक्षित पारिरहेका छन् र उनीहरूको गतिविधिबाट आफ्नो पश्चिमी संगाती मुलुक लगायत विश्वलाई असन्तुष्ट बनाएको छ। उनीहरूले अन्तर्राष्ट्रिय समाजको साझा हितसँग पटक पटक गरी विपरीत कार्वाही गर्ने गर्छन्। उनीहरूको गतिविधिको परिवर्तन नगरेमा अझ बढी मुलुकले अमेरिका अगाडी ढोका बन्द गर्ने कुरामा दुई मत छैन।

जानकारी तथा लेखहरु