फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एकता र सहयोग नै अन्तर्राष्ट्रिय समाजका लागि महामारीलाई पराजित गर्ने सबैभन्दा सशक्त हतियार

(GMT+08:00) 2020-08-13 17:10:19

संयुक्त राष्ट्र संघका लागि चिनियाँ स्थायी प्रतिनिधि चाङ च्युनले अगष्ट १२ तारिख महामारी र शान्ति चुनौतीसम्बन्धी सुरक्षा परिषदको उच्चस्तरीय बहसमा एकता र सहयोग नै अन्तर्राष्ट्रिय समाजका लागि महामारीलाई पराजित गर्ने सबैभन्दा सशक्त हतियार हो भन्दै भिडन्तबाट प्रभाव परेका मुलुकहरू विश्वको महामारी विरुद्धको कमजोर पक्ष भएको बताउनुभयो। उहाँले ती मुलुकहरूलाई महामारीको रोकथाम तथा नियन्त्रण गर्न मद्दत दिनु महामारीलाई पराजित गर्न प्रत्याभूति गर्ने र शान्ति उपलब्धिलाई सुदृढ पार्ने महत्वपूर्ण विषय रहेको औँल्याउनुभयो।

चाङ च्युनले भिडन्तमा रहेका मुलुकहरूसँग संयुक्त राष्ट्र संघका महाचसिव एन्टोनियो गुटरेसद्वारा प्रस्तुत गरिएको विश्व युद्ध-विराम प्रस्तावलाई तुरुन्त व्यवहारमा उतार्न आह्वान पनि गर्नुभयो।

चाङ च्युनले कोरोना भाइरस महामारी भएयता चीनले अन्तर्राष्ट्रिय महामारी विरुद्ध सहयोग सक्रियताका साथ गरेको र आवश्यक परेका मुलुकहरूलाई समर्थन र मद्दत दिएको उल्लेख गर्नुभयो। चीनले महामारीबाट प्रभावित मुलुकहरूलाई निरन्तर रुपमा मेडिकल सामग्री उपलब्ध गराउने, चिकित्सा अनुभव बाँड्ने, चिकित्सक टोलीलाई पठाउने आशा लिएको कुरा चाङ च्युनले पनि व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु