फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

महामारी नियन्त्रणका लागि युवाको ठूलो भूमिकाः विश्व स्वास्थ्य संगठनका महाप्रबन्धक

(GMT+08:00) 2020-08-13 17:10:48
विश्व स्वास्थ्य संगठनका महाप्रबन्धक टेड्रोस अधानोम घेब्रेयेसुसले अगष्ट १२ तारिख प्रायजसो युवापुस्ता कोरोना भाइरस महामारीमा गम्भीर जोखिम समूह नभएको तर उनीहरूले महामारी फैलिन रोक्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै साझा दायित्व वहन गरेका कुरा उल्लेख गर्नुभएको छ।

टेड्रोसले कोरोना भाइरस महामारीबाट युवा पुस्ताको भविष्यमा परेको प्रभाव भाइरस मात्र नभई अर्थतन्त्र, रोजगार, शिक्षा, स्वास्थ्य प्रणालीमा पनि परेको औँल्याउनुभयो। उहाँले युवासँग महामारीबारे जानकारी लिन र स्वास्थ्यका लागि हितकर हुने छनौट गर्न आह्वान पनि गर्नुभयो।

उहाँले विभिन्न संगठन र संस्थान, विभिन्न मुलुकको सरकारसँग युवाको प्रस्ताव सुन्न, महामारीको रोकथाम तथा नियन्त्रण क्षेत्रमा युवालाई संलग्न हुन प्रोत्साहन गर्न आह्वान गर्नुभयो।

अगष्ट १२ तारिख विश्व युवा दिवस हो। कोरोना भाइरस महामारीको पृष्ठभूमिमा चालु वर्षको विषयसूची "विश्व कारवाहीमा युवाको संलग्नता" रहेको छ।

जानकारी तथा लेखहरु