फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सुन्दर मातृभूमि-चीन र दक्षिण एशियाली मुलुकको फोटो प्रदर्शनी

(GMT+08:00) 2020-08-13 18:55:38

विदेशी संस्थाहरुसँगको चिनियाँ जनमैत्री संघ र युन नान प्रान्तको जन सरकारले संयुक्त रुपमा आयोजना गरेको नवौं चीन-दक्षिण एशिया अन्तर्राष्ट्रिय संस्कृति मञ्चका शृङ्खलाबद्ध कार्यक्रमहरूमध्येको एक अर्थात् सुन्दर मातृभूमि-चीन-दक्षिण एशियाली मुलुकहरूको फोटो प्रदर्शनी निर्धारित समयमा अनलाइनमा आयोजना भएको छ। विदेशी संस्थाहरुसँगको चिनियाँ जनमैत्री संघका प्रमुख लीन सुङ थ्येनले उक्त फोटो प्रदर्शनीलाई बधाई सन्देश प्रदान गर्नु भएकोछ।

लीन सुङ थ्येनले चीन र दक्षिण एशियाली मुलुकहरूका जनताबीचको मित्रता गहिरो भएको, हाल कोरोना भाइरस महामारी विश्वमा फैलिँदैआएको, एकता र सहयोग महामारीलाई पराजित गर्ने सबैभन्दा सशक्त हतियार रहेको बताउनुभयो। नवौं चीन-दक्षिण एशिया अन्तर्राष्ट्रिय संस्कृति मञ्चका शृङ्खलाबद्ध कार्यक्रमहरूले दक्षिण एशियाको विभिन्न मुलुकका जनतालाई सुन्दरता र हार्दिक शुभकामना पठाउनसक्ने, महामारीलाई पराजित गर्ने विश्वास बढाउनसक्ने अपेक्षा लीनले व्यक्त गर्नुभयो।

यस पटकको फोटो प्रदर्शनीमा चीन र दक्षिण एशियाली मुलुकका ८५ जना फोटोग्राफरले रचना गरेका १११ वटा फोटा प्रदर्शन गरिएको छ। फोटोग्राफरहरूले लेन्समार्फत चीन र दक्षिण एशियाको विभिन्न मुलुकको प्राकृतिक दृश्य, रङ्गीबिरङ्गी जीवन, रितिरिवाजबारे जानकारी दिएका छन्। थाहा भएअनुसार, यस पटकको प्रदर्शनी सन् २०२० को अगष्ट महिनादेखि डिसेम्बरसम्म संचालित हुनेछ।

जानकारी तथा लेखहरु