फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यी जातिय महिलाको गरिबी निवारण

(GMT+08:00) 2020-08-13 18:56:46

युननान प्रान्तीय ताली शहरको थाइयी यी जातीय जिल्ला समुद्र सहतदेखि २५०० मिटर अग्लो ठाँउमा पर्दछ र ताली शहरमा एउटै मात्र पहाडी जातीय गरिब ग्रामीण क्षेत्र पनि हो। ताली शहर गरिबी निवारण लडाईंको मुख्य युद्धस्थल बनेको छ।

पहाडी क्षेत्रमा परेकोले त्यहाँ ठूलो परिधिको कृषिको विकास गर्न संभव छैन। स्थानीय किसानहरूले परम्परागत मकै खेतीबाट थोरै आम्दानीबाट जीवन बिताउँथे। ५६ वर्षीय महिला ली स्यौयिङ यी जातीय जिल्लाको ताफिङ गाँउमा बस्छिन्। श्रीमान तथा छोरो पैसा कमाउन बाहिर गए र घरमा उनी एक्लै छिन्। आफ्नो गाँउमा कसैले सुँगुरपालनबाट धनी बनेको देखेर ली स्यौयिङले पनि विचार गर्न थालिन् तर संगुरपालन गर्नका लागि पूँजी कता पाइन्छ भन्ने थाहा थिएन। सन् २०१६ को मै महिनामा युनान प्रान्तको फुत्यान बैंक तथा बंगलादेशी ग्रामीण बैंकको सहयोगमा महिलालाई लक्षित गरिबी निवारण ऋण परियोजना थाइयी पुगेकोबाट उनको भाग्य परिवर्तन भयो। सो ऋण परियोजनाबाट २० हजार चिनियाँ युआन बराबर ऋण निकै कम व्याजदर अथवा निर्वाब्याजी तरिकाले गरिब परिवारको महिलालाई प्रदान गरिन्छ। यस्तो गरिबी निवारण नमूनामा गरिब परिवार तथा आबास क्षेत्रबाट सहयोग जोडिन्छ जसबाट किसानहरू बीच धनी बन्ने सूचना तथा प्रविधि बाँड्न सकिन्छ।

सन् २०१७मा ली स्यौयिङले २० हजार युआन बराबर ऋण लिएर ५ वटा संगुरको पालन गर्न थालिन्। साथै टिमुर खेती पनि गर्न शुरू गरिन्। त्यसपछि उनले फेरि २ चोटी ऋण लिएर खेती तथा संगुरपालनको विस्तार गरेकी छिन्। बितेका ३ वर्षमा उनको आम्दानी प्रतिवर्ष बृद्धि हुँदै सन् २०१९ सम्म ६००० युआनसम्म पुगेको छ। आफ्नो आम्दानी उनको श्रीमानको भन्दा बढी भएको उनले बताइन्।

हालसम्म सो ऋण परियोजनाबाट प्रदान गरिएको ऋणको कूल रकम १ करोड ४३ लाख ५० हजार युआन पुगेछ। त्यसमध्य ५८ लाख ३० हजार युआन १३५ वटा गरिब परिवारलाई ३१७ पटक गरी प्रदान गरिएको छ। हालसम्म ती किसानहरूले तिरेको ऋण पूरै फिर्ता भइसकेको छ।

जानकारी तथा लेखहरु