फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पोम्पेओ राष्ट्रपति बन्ने महत्वाकांक्षा दिनप्रतिदिन बढ्दै

(GMT+08:00) 2020-08-13 19:46:01

पैसा र मत भण्डारण राजनीतिको एउटै मात्र तर्क हो र सट्टेबाजहरू ठूलो परिमाणमा सरकारमा प्रवेश गरेका छन्। वर्तमान अमेरिकी कूटनीतिज्ञ घेरामा अवसरवादीले अधिकारलाई हातमा लिँदै पेशागतहरूलाई पन्छाएका छन्। ती अवसरबादीहरूमध्ये पोम्पेओ सबभन्दा कुख्यात हुनुहुन्छ।

एक वर्षअघि पोम्पेओले सन् २०२४ मा राष्ट्रपतीय पद सम्हाल्ने प्रयास लुकी लुकी गर्नुहुन्थ्यो तर आजआएर यो खुलस्त रहस्य बनिसक्यो। अमेरिकी राजनीतिक समाचार वेभसाइट द बुल्वर्कमा यसरी औंल्याइएको छ—पोम्पेओले आफ्नो विदेश मन्त्रीको जिम्मेवारीलाई पूर्ण रूपमा त्यागिसक्नुभएछ। अन्तर्राष्ट्रिय क्षेत्रमा अमेरिकी हितको संरक्षण गर्नुपर्ने प्रथम कूटनीतिज्ञ उहाँले आफ्नो नजरलाई स्वदेशमा मोडिसक्नुभयो।

निर्वाचनमा सहभागीहरूलाई आफ्नो पक्षमा तान्नुका साथै उहाँ र उहाँकी श्रीमतीले सन् २०१८ देखि सरकारी रकमको प्रयोग गरेर नियमित रूपमा कथित 'मेडिसन डिनर' गर्दै आउनुभएको छ। यस्तो गतिविधि उहाँले संघीय सरकारको श्रोतको प्रयोग गरेर चन्दादाता तथा समर्थक कमाउँदै राष्ट्रपतीय सिंहासनमा पुग्नको लागि गर्नुभएको अमेरिकीमाझ सर्वविदित छ।

अधिकारको शिखरमा नजिकँदै गइरहनुभएका पोम्पेओले अमेरिकी विदेश मन्त्रालयको इज्जत तथा व्यावसायिकतालाई पूराका पूरै ध्वस्त पार्नुभएको छ। यसबारेमा न्यूयोर्क टाइम्सले लेख प्रकाशित गर्दै केही सताब्दीसम्मको सेवा तथा त्यागबाट थोपिरिएको विदेश मन्त्रालयको नामलाई पोम्पेओले भङ्ग पारिसक्नुभएको भनेर आलोचना गरेको छ।

इतिहासमा अमेरिकी कूटनीतिज्ञहरू व्यावसायिक ज्ञान र यथेष्ठ अनुभव भएका राजनीतिज्ञ हुनुहुन्छ र उहाँहरूले अमेरिका तथा विश्व, अमेरिका तथा चीन बीच सहयोगका पुलहरू स्थापित गर्नुभएको छ। तर व्यावसायिकता बिना निजी हित खोज्ने पोम्पेओहरूले विश्वसँगको सम्पर्क तथा आदानप्रदान छेक्ने अग्ला भित्ता खुलस्त रूपमा खडा गर्नुभएको छ। अमेरिकाको वर्तमान कूटनीतिक अवस्था देखेर ती साँच्चीकै अमेरिकी कूटनीतिज्ञहरूले लामो सास फेर्न व्यस्त हुनुहुन्छ होला।

चीनप्रति अमेरिकी नीतिलाई पोम्पेओ जस्तै राजनीतिक सट्टेबाज तत्वहरूले गलत दिशातिर लगेमा सम्पूर्ण अमेरिकी जनताले गम्भीर र ठूलो मूल्य तिर्नुपर्छ होला। इतिहास विपरीत पोम्पेओ ऐतिहासिक अपराधको रूपमा कुरूप चित्र खोर्ने स्वभाविकै कुरा हो।

जानकारी तथा लेखहरु