फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#आँखीझ्याल# वाटरक्रेस परियोजनाबाट गरिब किसानहरू गरिबीबाट मुक्त

(GMT+08:00) 2020-08-14 10:17:43

 क्वाङ तुङ प्रान्तीय छिङ युआन शहरको याङ शान जिल्लाको फङ थाङ गाउँ एक सानो गाउँ हो। यो गाउँमा ६२ वटा गरिब परिवार बस्छन्। पाँच सय मू अर्थात् ३३.३३ हेक्टरको जमीनमा गरिएको वाटरक्रेस (एक किसिमको साग) खेतीपातीबाट फङ थाङ गाउँका वासिन्दाको जीवनमा परिवर्तन आएको छ। गरिब परिवारले आफ्नै गाउँमा रोजगार पाएका छन्। प्रति व्यक्तिको दैनिक आम्दानी १२० चिनियाँ युआनदेखि ३०० चिनियाँ युआनसम्म हुन्छ। याङ शान जिल्लालाई सहायता दिने कार्यका जिम्मेवार व्यक्ति तथा क्वाङ चौ शहरको व्हाङ फु क्षेत्रका अधिकारीकाअनुसार, वाटरक्रेस परियोजना स्थानीय गरिबी निवारणलाई मद्दत दिने "हरियो सुनौलो पहाड" बनेको छ।

वासिन्दा चौ फाङका पाँच जना सन्तान छन्। जेठो र माइलो क्वाङ चौमा काम गर्छन् भने अरु तीन जना बच्चा पढ्दैछन्। उनका श्रीमान जडिबुटी टिप्न पहाड जान्छन्। चौ फाङले घरमा बच्चाको हेरचाह गर्नेबाहेक स्थानीय साग आधार क्षेत्रमा काम गर्न पनि जान्छिन्। एक वर्षमा उनले साग आधार क्षेत्रबाट करीब तीस हजार चिनियाँ युआन कमाउन सक्छिन्।

फङ थाङ गाउँका ६२ वटा गरिब परिवारमध्ये १८ वटा परिवार साग आधार क्षेत्रमा काम गर्छन्। गाउँको साग आधार क्षेत्रले चौ फाङजस्तै वासिन्दालाई गरिबी मुक्तिको मौका उपलब्ध गराएको छ।

जनाएअनुसार, सागसब्जी आधार क्षेत्रमा रोजगार पाएका गरिब वासिन्दाको दिनको आम्दानी एक सय बीस युआनदेखि तीन सय युआनसम्म छ। फङ थाङ गाउँले सागसब्जी आधार क्षेत्रको निर्माण गर्नुअघि चौ फाङको परिवार गरिब थियो। हाल चौ फाङ परिवारले गरिबी मुक्तिको बाटोतर्फ ठूलो पाइला चालेको छ।

1  2  
जानकारी तथा लेखहरु