फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कन्फ्युसियस इन्च्टिच्युट दबाउने शीत युद्धकालीन पोम्पेओ

(GMT+08:00) 2020-08-14 21:36:20

अमेरिकी विदेश मन्त्री माइकल पोम्पेओले अगष्ट १३ तारिख एक वक्तव्य प्रकाशित गर्दै कन्फ्युसियस इन्च्टिच्युट अमेरिका केन्द्रलाई 'कूटनीतिक समूह'को सूचीमा समावेश गराउनु भई यो नै विश्वमा चिनियाँ कम्युनिष्ट पार्टीको प्रभाव तथा प्रचारप्रसार गर्ने साधन रहेको बताउनुभो। यो नै अमेरिकी राजनीतिज्ञले चीन-अमेरिकी सहयोगहरूको सामान्य संचालनलाई बदनाम गरेको र हिलो छ्यापेको गतिविधि हो। शित युद्धकालीन तत्व पोम्पेओहरूको राजनीतिक कौशलसाथ चलाउँदा चीन-अमेरिका बीचको सामान्य मानवीय आदानप्रदान पूर्ण रूपमा रोकिने खतरातिर नजिकँदै गइरहेको छ। उनीहरूको कार्वाही 'बहु सांस्कृतिक घोल्ने भाँडो' मानिने अमेरिकी समाजमाथि लज्जाबोध गराइदिएको छ।

सो वक्तव्य प्रकाशित भएकै दिनमा कन्फ्युसियस इन्च्टिच्युट अमेरिका केन्द्रले यसरी जवाफ दिएको छः हाम्रो कार्यालय विश्वविद्यालयसँग जोडिएको होइन र अमेरिकामा रहेका कुनै कन्फ्युसियस इन्च्टिच्युटको पाठ्यक्रम, पूँजीको प्रयोगमा संलग्न भएको छैन र प्रभाव छैन अनि हानिकारक प्रभाव छँदै छैन।

गैर नाफामुलक शैक्षिक संस्थाको हैसियतले १६ वर्षअघि स्थापित कन्फ्युसियस इन्च्टिच्युटबाट विश्वका विभिन्न मुलुकका मानिसहरूले चिनियाँ भाषा सिक्ने मागमा आधारित चिनियाँ भाषा तथा संस्कृतिबारे जानकारी दिइरहेको छ। ती कन्फ्युसियस इन्च्टिच्युटहरूले चिनियाँ तथा अमेरिकी बीचको समझदारी तथा मित्रताको बढावामा सकारात्मक योगदान गरिरहेका छन् र अमेरिकी समाजबाट व्यापक समर्थन पाइरहेका छन्। वास्तवमा जर्मनी, फ्रान्स, स्पेन लगायतका मुलुकहरूले पनि अन्तर्राष्ट्रिय क्षेत्रमा कन्फ्युसियस इन्च्टिच्युट जस्तै शैक्षिक संस्थाको संचालन गरिरहेका छन्।

बितेका केही वर्षयता, बहु संस्कृतिको मिलन मैत्री अमेरिकी समाजमा केही अमेरिकी पदाधिकारीले कन्फ्युसियस इन्च्टिच्युटसामु पटक पटक गरी समस्या बनाउने गर्छन्। विशेष गरी यस पटक अमेरिकाले दिएको दबाव नै चीन-अमेरिका सम्बन्धमा पहिले नदेखिएको कठिनाइ देखा परेको पृष्ठभूमिमा अमेरिकी राजनीतिज्ञले चीनप्रति आक्रमण गर्ने नयाँ चाल हो। ती अमेरिकी राजनीतिज्ञहरूको ध्वस्तमा मानवीय क्षेत्रमा चीन-अमेरिका आदानप्रदान पूर्ण रूपमा रोकिन लागेको छ।

२१ औँ शताब्दीमा, पोम्पेओहरूले इतिहास विपरीत कार्वाही गरेकाले अमेरिकी समाजमा गहन विचार भएका व्यक्तिहरूले ती कार्वाहीको कडा निन्दा गरिरहेका छन्। हार्भर्ड विश्वविद्यालयका प्राध्यापक एज्रा फैभेल भोगेलले हालै लेख प्रकाशित गर्दै अमेरिकाले चीन-अमेरिका बीचको सामान्य मानवीय आदानप्रदानलाई कम पारेको गतिविधि तर्कहीन भएको औँल्याउनु भएको छ भने अमेरिकी प्रसिद्ध अर्थविद् जेफ्रै स्याक्सले अमेरिकी सरकारले चालेको चीनलाई लक्षित द्वन्द्व कार्वाहीको आलोचना गर्दै यस्तो तरिकाबाट अमेरिकालाई अझ ठूलो विवाद र खतरामा लगिदिने चिन्ता व्यक्त गर्नु भएको छ।

चीन-अमेरिका आदानप्रदान तथा सहयोग युगको आवश्यकतामा पर्दछ र दुई देशको हितसँग अनुकूल पनि छ। पोम्पेओहरूले चीन धम्की भन्ने विचार फैलाउँदै आपसी मानवीय आदानप्रदानमा जवर्जस्ती बाधा पुर्‍याउन खोजेको गतिविधि नै जनमतसँग विपरीत भएकाले विफल हुने स्वाभाविकै कुरा हो।

जानकारी तथा लेखहरु