|
|
|
|||||||||
|
||
कोभिड-१९ महामारी फैलिएता पनि एशिया-यूरोप महाद्वीप पार गर्दै संचालनमा आएका चीन-यूरोप रेलसेवाको संख्या तथा ढुवानी माल-सामान परिमाण बढ्दै गइरहेको छ। जुन महिनाको अन्तसम्म ३ महिनासम्म लगातार रूपमा संचालनमा आएको सो रेलसेवाको संख्या १ हजार भन्दा बढी पुगेको छ जुन गत ५ महिनामा लगातार रूपमा १० प्रतिशत भन्दा बढीले बृद्धि भएको हो। यो नै चीनको बैदेशिक व्यापारबाट विश्वको उद्योग शृङ्खला सुचारू रूपमा संचालन भइरहेको सानो रूप मात्र हो।

महामारीको प्रभावमा चालु वर्षयता, विश्व व्यापार परिमाण ठूलो मात्रामा घटेतापनि चीनको बैदेशिक व्यापार समष्टिगत रूपमा बजारको भविष्यवाणीभन्दा राम्रो भएको देखिन्छ र विश्वका मुख्य आर्थिक एकाइभन्दा राम्रो भइरहेको छ। बेलायती अर्थतन्त्र अनुसन्धान कम्पनी क्यापिटल इक्नोमिक्सका चिनियाँ अर्थ विश्लेषक मार्टिन रास्मुस्सेनले यसबारे विश्लेषण गर्दै भन्नु भएको छः सरकारको उत्तेजित नीति लागू भएपछि चीनको अर्थतन्त्र आगामी केही महिनामा निरन्तर रूपमा पुनरूत्थान हुँदै जान्छ जसबाट आयातको निरन्तर बृद्धि हुनुका तथा विश्वव्यापी महामारी लचिलो बन्दै जाने पृष्ठभूमिमा चीनको निर्यात पनि लगातार रूपमा पुनर्स्थापना हुँदै जान्छ।
चीनको आयात-निर्यात राम्रो बन्दै गइरहेको खबर विश्व उद्योग शृङ्खलाको आपूर्ति शृङ्खलाको स्थिरताको लागि निकै राम्रो खबर हो। चीनक विश्वका ६५ वटा मुलुकको पहिलो आयात श्रोत हो र ३३ वटा मुलुकको पहिलो निर्यात गन्तव्य पनि हो। चीनले महामारीको प्रभावकारी नियन्त्रण गर्दै उत्पादन पुन संचालनमा ल्याउँदा विश्व उद्योग शृङ्खलाको गियर स्थिर रूपमा घुम्न थालेको छ।

वर्तमान अवस्थामा चीनले 'स्वदेशी अर्थको ठूलो चक्र प्रधान स्वदेशी तथा विदेशी दुईटै च्रकहरूसँगै विकास हुने स्थिति'को स्थापना क्रमलाई गतिशील पारिरहेको छ। यस्तो परिस्थितिमा 'बैदेशिक व्यापारको स्थिरता' निकै अर्थपूर्ण छ। एकातिर बैदेशिक व्यापार अन्तर्राष्ट्रिय आर्थिक चक्रको एक महत्वपूर्ण भाग भएकोले चीनले स्थिर र उच्च कार्यकुशल उद्योग शृङ्खला बनाउँदै विश्वसँग विकासको प्रतिफल बाँडिरहेको छ। अर्कातिर बैदेशिक विकास नै स्वदेशी आर्थिक चक्रको प्रवर्द्धनको लागि हितकर हुन्छ। लामो समययता, प्रशस्त उच्च गुणस्तरिय आयात उत्पादित वस्तुहरू चिनियाँ सर्वसाधारणमाझ निकै लोकप्रिय भइरहेको छ र आयात उत्पादित वस्तुको आपूर्ति नै चीनको भित्री मागको विस्तारलाई सुधार गर्दै चिनियाँहरूको उपभोग्य उकासिने माँगलाई अझ राम्रोसँग पूरा गरिन्छ।
चीनले चालिरहेका बैदेशिक व्यापार स्थिर पार्ने शृङ्खलाबद्ध कदमहरू तथा ती कदमहरूबाट प्राप्त प्रभावबाट विश्वको उद्योग शृङ्खलाको आपूर्ति शृङ्खलाको संचालनलाई अझ स्थिर पारिनुका साथै गम्भीर क्षति पुर्याइएको विश्व अर्थतन्त्रको पुनरूत्थानमा पनि जीवन्त शक्ति थपिँदै छ।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||