|
|
|
|||||||||
|
||

हालै अमेरिकी ह्वाइट हाउस राष्ट्रिय व्यापार समितिका प्रमुख पिटर नाभारोले फक्स न्युजसँगको अन्तर्वार्तामा तर्कहिन तवरले अमेरिकाको वर्तमान अवस्थाको विश्लेषण गर्दै भन्नुभएको छः अमेरिकीहरूले आफ्नो नकारात्मक भावना चिनियाँसम्म राखेमा कोभिड-१९ महामारीबाट अमेरिका छिटै रूपमा पुनरूत्थान हुनसक्ने छ। उहाँको यस्तो बकवासबाट संचालक तथा दर्शकहरूलाई अचम्म लागेको छ।

वास्तवमा नाभारोको बाकवास सुन्दा मानिसलाई त्यति अचम्म लाग्दैन। उहाँले पहिले नै किताबमा चीनलाई शत्रु मान्ने, प्रकाशन कम्पनी र पाठकलाई ठक्नुभएको थियो। सपनाको भरमा प्रमाणबिना चीनलाई आक्रमण गर्दै आउनुभएको ह्वाइट हाउसका व्यापार सम्बन्धी सल्लाहकार उहाँ हुनुहुन्छ। यस्तो व्यक्ति ह्वाइट हाउसका सल्लाहकारको पदमा रहँदा अमेरिकाको भविष्य चिन्तालाग्दो भएको छ। नाभारो लगायतका राजनीतिज्ञहरूले महामारीको प्रतिरोधमा नजर पुर्याउनुको सट्टामा आफ्नो राजनीतिक निजी हितको लागि पृथक तथा द्वन्द्व बनाइरहनुभएको छ। वासिङटनले लिएको बुद्धि र विज्ञान विरूद्ध धारणा तथा कर्तव्यहीन कार्वाहीबाट महामारीलाई प्राकृतिक प्रकोपबाट कृत्रिम प्रकोपसम्म परिणत पारिएको रहेछ।

तर ह्वाइट हाउसभित्र र बाहिर नाभारोहरू धेरै छन् यो नै चिन्तनालाग्दो विषय हो। विश्वमा एउटै मात्र सुपर शक्ति अमेरिकामा महामारी नियन्त्रण गर्ने आर्थिक तथा सामाजिक आधार भएतापनि निर्णय तह सामूहिक रूपमा ठीक दिशाबाट अन्यत्र गएकाले अमेरिकी सर्वसाधारणले गम्भीर मूल्य चुकाइरहेका छन्।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||