फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चलाख विदेशी कम्पनीले चीन नछोड्ने

(GMT+08:00) 2020-08-16 17:27:37

केही अमेरिकी राजीतिज्ञहरूले बारम्बार रूपमा अमेरिकी कम्पनीलाई चीनबाट हटाउने चेतावनी दिएता पनि सर्वेक्षणमा भाग लिएका ८३ प्रतिशत अमेरिकी कम्पनीले विश्व रणनीतिमा चीनलाई सबभन्दा महत्वपूर्ण अथवा अघिल्ला ५ वटा बजारहरूमध्येको एक मानिरहेको ठहर अमेरिका-चीन व्यापार संघले हालै सार्वजनिक गरेको एक प्रतिवेदनमा उल्लेख गरिएको छ। भाग लिएका ७५ प्रतिशत कम्पनीले चीन सम्बन्धी कामदारमा लगाइएको पूँजी आउने एक वर्षमा परिवर्तन नहुने वा बढाउने पुष्टि गरेका छन्। हालै चीनका वाणिज्य मन्त्री चुङ शानले चाइना मिडिया ग्रुपसँगको अन्तर्वार्तामा चलाख विदेशी कम्पनीहरूले चिनियाँ बजारलाई नछोड्ने धारणा व्यक्त गर्नुभएको छ।

चीनको अर्थतन्त्र लचिलो र चिनियाँ बजार आकर्षित भएको कुरा प्राप्त तथ्याङ्कबाट प्रमाणित हुन्छ। चालु वर्षका अघिल्ला ७ महिनामा चीनले भित्र्याएको विदेशी पूँजी ५ खर्ब ३५ अर्ब ६५ करोड चिनियाँ युआन पुगेको छ जुन गत वर्षको सोही अवधिको तुलनामा ०.५ प्रतिशतले बृद्धि भएको हो। विदेशी कम्पनी चीनमा स्थापित नयाँ शाखाको संख्य १८ हजार ८ सय ३८ पुगेको छ। साथै एक्सन मोबिल, बीएम डब्लु लगायतका कम्पनीहरूका ठूला विदेशी पूँजी परियोजनाहरूले चीनमा गरिने लगानीलाई बढाएका छन्।

कम्पनीहरू व्यापारमा ध्यान दिन्छन्। विशेष गरी कोभिड-१९ महामारीबाट विश्वका अन्तर्देशीय लगानीमा गम्भीर प्रभाव ल्याएको पृष्ठभूमिमा विदेशी पूँजी चीनबाट अन्यत्र सार्ने कार्य आफ्नो व्यापार नियमसँग अनुकूल नभएको बरू चीनमा गरिने लगानीलाई बढाउनु नै समझदार छनौट हो।

सर्वप्रथम चीनलाई सुधार तथा खुलापन नीतिको निरन्तरता रहिरहेको छ। विशेष गरी मौद्रिक सेवाको खुलापन गतिशील भइरहँदा चिनियाँ बजारमा लगानी लगाउने अवसर बढ्दै गइरहेको छ। साथै चीनमा व्यापार मैत्री वातावरण पनि सुधारिरहेको छ। हालै चीनको राज्य परिषदले बैदेशिक व्यापार तथा विदेशी लगानीलाई स्थिर पार्ने १५ वटा नीति तथा कदमहरू प्रस्तुत गरेको छ।

चालु वर्षको उत्तरार्धमा के अडकल गर्न सक्छ भने चीनले खुलापन तथा व्यापार मैत्री वातावरणको विस्तार गर्दै विदेशी पूँजीको परिमाणलाई स्थिर पार्नुका साथै विदेशी लगानीको बृद्धिलाई विस्तार गर्दै जाने छ। दीर्घकालीन दृष्टिकोणबाट हेर्दा चीनले विदेशी लगानीलाई आकर्षित गराएर प्रयोग गर्ने श्रेष्ठता बढ्दै जाने छ र अन्तर्देशीय कम्पनीले चीनमा लगानी लगाउने विश्वास पनि ठूलो बन्दै जाने छ। यसै आधारमा चीन विश्वका कम्पनीहरूले लगानी लगाउने आकर्षित गन्तव्यको रूपमा कायम राखिरहने छ।

जानकारी तथा लेखहरु