फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ संस्थाद्वारा स्वास्थ्य सामग्री सहयोगमा

(GMT+08:00) 2020-08-19 18:28:49
चाइना इन्टरनेशनल कम्युनिकेशन सेन्टर चाइनाको सहयोगमा पूर्वी नेपालको इलाम जिल्लाका विभिन्न स्थानीय तहमा ८ सय थान पीपीई र १५ सय थान गगल्स वितरण गरिएको छ। पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले इलाम निर्वाचन क्षेत्र नम्बर १ लगायतका विभिन्न स्थानीय तहमा ती पीपीई र गगल्स वितरण गर्नुभएको हो। विश्वभर फैलिएको कोरोना महामारीबाट स्थानीयलाई जोगिन सहज बनाउने उद्देश्यले वरिष्ठ नेता खनालले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतका विभिन्न स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण गर्नुभएको हो।

वरिष्ठ नेता खनालले जिल्लाको सूर्योदय नगरपालिका–१० का अध्यक्ष पेमा उगेन लामालाई ८ सय थान पीपीई र १५ सय थान गगल्स वितरणका लागि हस्तान्तरण गर्नुभयो। वडाध्यक्ष लामाका अनुसार नेता खनालले हस्तान्तरण गर्नुभएका स्वास्थ्य सामग्री जिल्लाका सूर्योदय र माई नगरपालिका तथा सन्दकपुर, रोङ र माइजोगमाई गाउँपालिकाकासहित जिल्लाका सबै स्थानीय निकायहरुमा वितरण गरिनेछ।

स्वास्थ्य सामग्री हस्तानन्तरणका क्रममा नेता खनालले विश्वभर फैलिरहेको कोरोना महामारीका कारण इलामका जनतालाई परिरहेको अफ्ठ्यारोलाई सहजता होस् भन्ने उद्धेश्यले आफूले स्वास्थ्य सामग्री उपलब्ध गराएको बताउनुभयो। नेता खनालले सरकारले कोरोना महामारी नियन्त्रणका लागि सरकारले लिइरहेका पहलकदमी ठिकै भएपनि जोखिमपूर्ण स्थानमा विशेष जोडका साथ लाग्न आवश्यक रहेको औंल्याउनुभयो।

जानकारी तथा लेखहरु