फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोरोना संकटका बेला पनि अन्तर्राष्ट्रिय गौतम बुद्ध विमानस्थल निर्माण भने अन्तिम चरणमा

(GMT+08:00) 2020-08-20 19:11:38
सर्वत्र चासोका रूपमा हेरिएको अन्तर्राष्ट्रिय गौतम बुद्ध विमानस्थलको निर्माण कोभिड–१९ का कारण अझै लम्बिने भएको छ। कोभिड महामारीमा पनि निर्माण भने जारी थियो । कम जनशक्ति र कतिपय उपकरण नै ल्याउन नपाएपछि विमानस्थल निर्माण प्रभावित बनेको हो। कोरोना संकटका बेला पनि विमानस्थल निर्माण भने अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार भौतिक प्रगति ९२ प्रतिशत पुगेको छ। अब आठ प्रतिशत मात्रै काम बाँकी रहेको आयोजना प्रमुख इन्जिनियर प्रवेश अधिकारीले बताउनुभयो। टर्मिनल भवनमा एयर कन्डिसन तथा अन्य उपकरण जडानको कामसमेत अन्तिम चरणमा पुगेको छ।

निर्माण कार्य छिटोछरितो बनाउन आइसिबी १ र आइसिबी २ गरी छुट्याएर ठेक्का लगाइएको थियो । आइसिबी–१ को अधिकांश उपकरण जडान भइसकेको प्रमुख अधिकारीले बताए । आइसबी–२ अन्तर्गतका कम्युनिकेशन, नेभिगेसन र सरभिलेन्स (सिएनएस) को काम मध्ये डिभिओआर डिएमई सञ्चार उपकरण, मौसम पूर्वानुमान उपकरण जडानको क्रममा छ। यी मध्ये केही सामान भने आउन बाँकी छ । विमानस्थलमा ठूला र समय लाग्ने कामहरू भने लगभग सकिएको छ। मुख्य गरी फिनिसिङका काम बाँकी छन्। यसैगरी धावनमार्ग वरिपरि पेरिमिटर सडक निर्माण पनि बाँकी छ। बाँकी उपकरण र विशिष्ट दक्ष प्रविधिक आउने क्रममा छन्। सरकारले अन्तर्राष्ट्रिय उडान सञ्चालन गरेपछि ति प्राविधिक र उपकरण ल्याएर जडान गर्ने काम हुनेछ।

आयोजनाका सूचना अधिकारी मोहन आचार्यका अनुसार अब करिब काम सम्पन्न भइसकेको छ, फिनिसिङ र केही काम मात्रै बाँकी छ।

सन् २०१५ बाट विमानस्थल निर्माणको काम सुरु भएको हो। निर्माण सुरु भएदेखि नै नाकाबन्दी, भूकम्पजस्ता ठूला समस्या तथा अन्य विविध कारणले विमानस्थल निर्माणको काम समयमै सकिएन। जसका कारण तेस्रो पटक थप गरिएको म्यादमा काम भइरहेको छ। अहिले पनि विश्व नै कोरोना भाइरसको माहामारीमा परेपछि त्यसको प्रभाव विमानस्थल निर्माणमा पर्नु स्वभाविक छ । तर, आयोजनाले भने लकडाउनपछि रोकिएका चिनियाँ र नेपाली कामदारबाट भने निर्माणको कामलाई निरन्तरता दिइरहेको छ।

नागरिकन्यूज डटकमका अनुसार यो विमानस्थल निर्माण सम्पन्न हुँदा काठमाडौंपछिको दोस्रो अन्तर्राष्ट्रिय उडान हुने विमानस्थल बन्ने छ। काठमाडौंमा अन्तर्राष्ट्रिय उडानको चापलाई यसले सहज बनाउने छ। विमानस्थल निर्माणका लागि सरकारले उच्च प्राथमिकतामा राखेको छ। मुलुक अहिले कोरोना भाइरसविरुद्धको लडाइँमा छ। तर, यो महामारीसँगै विमानस्थल आयोजनाले भने उपलब्धिमुलुक बनाउने प्रयत्न गरेको छ। लकडाउनका अवधिमा पनि करिब चार प्रतिशत भौतिक प्रगतिको काम गरेको आयोजनाले जनाएको छ। विमानस्थल निर्माणको काम पटक पटक थपेर गएको मार्च ३१ सम्म सम्पन्न गर्ने लक्ष्य लिइएको थियो। अझै आठ प्रतिशत काम कोरोना भाइरसको सन्त्रास हटेर वातावरण सामान्य भएपछि पनि कम्तीमा तीन महिना लाग्ने प्रमुख अधिकारी बताउँछन्।

जानकारी तथा लेखहरु