फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको ल्हासा र हङकङका लागि महावाणिज्यदूतमा नेपाल सरकारद्वारा दुई सहसचिव सिफारिस

(GMT+08:00) 2020-08-24 18:21:49

नेपाल सरकारले चीनका दुई शहर ल्हासा र हङकङका लागि क्रमशः नवराज ढकाल र उदय रानामगरलाई महाबाणिज्यदूत सिफारिस गरेको छ। उहाँहरू दुबै नेपाल सरकारका सहसचिव हुनुहुन्छ। राना झापाको प्रमुख जिल्ला अधिकारी र ढकाल उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत रहनु भएको नेपाल समाज अनलाइनले लेखेको छ।

उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले हङकङका लागि राना र ल्हासाका लागि ढकालको नाम सिफारिस गरेको हो। सम्भवतः आज सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकले ढकाल र रानालाई हङकङ र ल्हासाको महाबाणिज्यदूतमा चार वर्षका लागि नियुक्त गर्नेछ। हङकङ र ल्हासाको महाबाणिज्यदूत पद ५ महिनादेखि रिक्त थियो।

महाबाणिज्यदूतमा सिफारिस भएका राना र ढकाल दुबै नेपाल सरकारका इमान्दार कर्मचारी मानिनुहुन्छ। उहाँहरु दुबै नुवाकोटका स्थायी बासिन्दा हुनुहुन्छ।

जानकारी तथा लेखहरु