फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"चीनको प्रस्ताव"द्वारा लान मै मुलुकको विकास प्रवर्द्धन

(GMT+08:00) 2020-08-25 19:51:44

लाङ्गछाङ र मैकङ नदी सहयोगको तेस्रो नेतास्तरीय बैठक हिजो अगष्ट २४ तारिख अनलाइनमा आयोजना भएको छ। चिनियाँ प्रधानमन्त्री ली ख छ्याङले सो बैठकलाई महत्वपूर्ण सम्बोधन गर्दै जल स्रोत सहयोग,व्यापारको विस्तार र पारस्परिक सम्पर्क सहयोग बढाउने कुरामा जोड दिनुभयो। उहाँले दिगो विकास,नागरिक जीवन,खुलापन धारणा लगायत छ विषयका लागि निर्णय प्रस्ताव पनि प्रस्तुत गर्नुभएको छ। बैठक भएपछि सार्वजनिक भएको भियन्टियान घोषणाले चीनका यी निर्णय प्रस्तावलाई सम्पूर्ण रुपमा स्वीकार गर्दै"महामारीपछिको युग"मा लान मै मुलुकका लागि स्पष्ट दिशा निर्देश गरेको छ।

लान मै सहयोग प्रणाली लाछाङ्ग र मैकोङ्ग नदी सम्बन्धी तटवर्ती छ मुलुकद्वारा स्थापना गरिएको नयाँ शैलीको क्षेत्रीय सहयोग प्रणाली हो। चार वर्षभन्दा बढीको विकासमा यस प्रणालीले कृषि,गरिबी निवारण,पूर्वाधार प्रबन्धको निर्माण र जल स्रोतको प्रयोग आदि क्षेत्रमा बलियो उपलब्धि पाएको छ जसबाट सम्बन्धी मुलुकका जनताका लागि खास तथा प्रभावकारी लाभ ल्याइएको छ। पहिलेका दुईवटा बैठककोभन्दा यो तेस्रो बैठक विशेष पृष्ठिभूमिमा आयोजना गरिएको छ। वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति जटिल बन्दै गएको अवस्थामा नयाँ कोरोना भाइरस महामारीले विश्व र क्षेत्रको अर्थतन्त्रमा गम्भीर नकारात्मक प्रभाव पारेको छ। यस बैठकमा चीनद्वारा प्रस्तुत छ निर्णय प्रस्तावले लाङ्ग मै सहयोग प्रणालीलाई प्रवर्द्धन गर्दै क्षेत्रीय विकास र सर्वसाधारणका लागि अझ बढी अवसर सिर्जना गर्नेछ।

जानकारी तथा लेखहरु